नुवाकोट जिल्लाको पञ्चकन्या गाउँपालिकामा अवस्थित घ्याङस्वारा पर्यटकीय पार्क अहिले पिकनिकका लागि आकर्षक गन्तव्य बनेको छ। विशेषगरी हिउँदको सिजनसँगै आन्तरिक पर्यटकको चहलपहल उल्लेखनीय रूपमा बढेको छ।
समुद्री सतहबाट २,००० मिटरको उचाइमा रहेको यो पार्कबाट हिमालयका मनमोहक दृश्यावलोकन गर्न सकिन्छ। घ्याङस्वाराको मुख्य आकर्षण भनेकै यहाँबाट देखिने हिमालका शृङ्खला हुन्। प्राकृतिक सुन्दरतासँगै यो ठाउँले पिकनिक तथा घुमघामका लागि रमाइलो वातावरण प्रदान गर्दछ। यस क्षेत्रको अर्को रोचक पक्ष भनेको चिया खेती हो। करिब ३२० रोपनी क्षेत्रफलमा फैलिएको चिया बगानले पर्यटकलाई थप आकर्षित गरेको छ। खेलकुद र मनोरञ्जनका लागि उत्कृष्ट स्थान घ्याङस्वारा पार्कमा खेलकुद मैदानसमेत उपलब्ध छ, जसले पर्यटकलाई घुमफिरसँगै सक्रिय रहन प्रेरित गर्छ। गाउँपालिकाले खेलकुद तथा सांस्कृतिक गतिविधिका लागि यो स्थानलाई विशेष प्राथमिकता दिएको छ।

आन्तरिक पर्यटन प्रवर्द्धनको प्रभाव सिजनको समयमा बढ्दो आन्तरिक पर्यटकको आगमनले स्थानीय व्यवसाय र होटल व्यवसायलाई समेत उत्साहित बनाएको छ। घ्याङस्वारा पर्यटकीय पार्क पञ्चकन्या गाउँपालिकाको मात्र नभई समग्र नुवाकोट जिल्लाको गौरवपूर्ण गन्तव्य बनेको छ। यो पार्कमा घुम्न जानेहरूले हिमालको शीतल हावा, हरियाली चिया बगान, र स्थानीय संस्कृति नजिकबाट अनुभव गर्न सक्छन्।
स्थानीय निकायले प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत यसको विकास र प्रवर्द्धनका गरेको हो साथै थप योजना बनाइरहेको छ। यसरी, प्राकृतिक सुन्दरतासँगै सांस्कृतिक तथा खेलकुद गतिविधि एकै ठाउँमा अनुभव गर्न सकिने यो क्षेत्र नुवाकोटको पर्यटकीय विकासको एउटा नमुना बनेको छ।

















































पालिका प्रेस 











प्रतिक्रिया दिनुहोस्