हेटौडा ६ चौघडामा रहेको रानी सामुदायिक वन उपभोक्ता समूहको २८ औ वार्षिक साधारणसभा २९ मंसिरमा भएको छ । बागमती प्रदेश सभा सदस्य भारती पाठकको प्रमुख आतिथ्यता एवम समूहका अध्यक्ष विष्णुप्रसाद न्यौपानेको सभाध्यक्षतामा साधारणसभा भएको हो ।

समूहका अध्यक्ष न्यौपानेले संस्थागत प्रतिवेदन, सचिव नानी माया रुम्बाले प्रगति प्रतिवेदन, लेखा संयोजक श्यामकुमार श्रेष्ठले लेखा समितिको प्रतिवेदन, कोषाध्यक्ष गोमा लामिछानेले चालू आर्थिक वर्ष २०८१÷०८२ का लागि ७६ लाखको अनुमानित आयब्यय विवरण र कार्यालय सचिव भीमसेन पौडेलले आर्थिक वर्ष २०८०÷२०८१ को लेखा परिक्षण प्रतिवेदन पेश गरेका थिए । साधारणसभामा विभित्र ब्यक्तिहरुलाई पुरस्कृत गरिएको थियो । भेलामा सामुदायिक वन उपभोक्ता महासंघ , मकवानपुर , डिभिजन वन कार्यालय , मकवानपुरका वन अधिकृत दिपक अधिकारी ,समूहका निवर्तमान अध्यक्ष कृ्ष्ण बिडारी, ज्येष्ठ उपभोक्ता हिरा माया गौतम, तिलक बहादुर खड्कालाई पुरस्कृत गरिएको थियो ।

यसैगरि सञ्चारकर्मी भावना रिजाल, २०८० सालको एसईई परीक्षामा उत्कृष्ट अंक हासिल गर्ने प्रज्वल अधिकारी, बन्दना चौलागाई, कार्यसमिति सदस्य सूर्यप्रसाद दुलाल, अनिता बुढाथोकी, सालक संरक्षणमा महत्वपूर्ण सहयोग गर्ने रामकृष्ण राई, अमर राई र सेवा निवृत कर्मचारी यदुकुमार घिमिरे लगायतकालाई पुरस्कृत गरिएको थियो ।

साधारणसभामा हेटौडा ६ का वडा अध्यक्षविष्णबहादुर दाहाल, मकवानपुरगढी ३ का वडा अध्यक्ष भागवत घिमिरे, ४ का वडा अध्यक्ष अर्जुनप्रसाद तिमल्सिना, हेटौडा ६ का वडा सदस्य विजय पौडेल, सामुदायिक वन उपभोक्ता महासंघ केन्द्रीय सदस्य रामहरि चौलागाई, मकवानपुर अध्यक्ष साधुराम चौलागाई, बागमती प्रदेश दुग्ध विकास बोर्डका सञ्चालक सदस्य बासुदेव अधिकारी, डिभिजन वन कार्यालय, मकवानपुरका वन अधिकृत दिपक अधिकारी, हेटौडा सव डिभिजन वन अधिकृत सविना रिजाल, चुच्चेखोला सामुदायिक वनका अध्यक्ष लक्ष्मण कटुवाल, जनकल्याण सहकारीका अध्यक्ष हिमाल पौडेल, कामधेनु सहकारीका अध्यक्ष उदय बिडारी, मनकामना दुग्ध सहकारी अध्यक्ष अर्जुनप्रसाद दाहाल, श्रमिक साना किसान कृषि सहकारी अध्यक्ष निर्मला लम्साल, समूह उपाध्यक्ष केशव धिताल लगायतको उपस्थिति रहेको थियो ।

१ सय ३४ हेक्टर क्षेत्रफलमा फैलिएको यो सामुदायिक वनमा ९ सय घरधुरी आवद्व रहेका छन। भेलाले विभिन्न ११ वटा प्रस्तावहरु सर्वसम्मत पारित गर्नुका साथै नयाँ कार्यसमिति चयन गर्नका लागि अर्जुनप्रसाद चौलागाईको संयोजकत्वमा ३ सदस्यीय निर्वाचन समिति गठन समेत गरेको कार्यालय सचिव भीमसेन पौडेलले बताएका छन् ।

पालिका प्रेस
थप जानकारी