मकवानपुर थाहा नगरपालिकाका नगर प्रमुख विष्णु बहादुर विष्टले नगरपालिका भित्र छरिएर रहेका सहकारीहरु एकीकरण हुनुपर्नेमा जोड दिएका छन । २९ मंसिरमा पालुङ बहुउद्देश्यीय सहकारी संस्थाको बज्रवाराही सेवा केन्द्र स्तरीय २५ औं वार्षिक साधारणसभा समारोहलाई सम्बोधन गर्दै प्रमुख बिष्टले सहकारी एकीकरणमा जोड दिएका हुन।
प्रमुख अतिथी बिष्टले सहकारीहरुको वर्तमान अवस्थामा देखिएको समस्याको निरुपण गर्न सहकारीको मर्ज विकल्प रहेको बताउदै सहकारी राम्रो बनाउन सेयर सदस्यहरु चनाखो हुनुपर्ने बताए । विष्टले राज्यको मुलधारमा समाहित हुन नसकेको वा पहुँचबाट टाढा रहेकाहरुको आधारभुत आवश्यकता पूर्ति गर्न सहकारीले ठूलो भुमिका खेलेको उल्लेख गर्दै सिमित सहकारीमा देखिएको समस्यालाई आधार बनाएर सबै सहकारीलाई एउटै नजरले हेर्न नहुने बताए ।
प्रमुख बिष्टले थाहा नगरपालिकाले व्यवस्थित रुपमा सहकारीहरुको अनुगमन र नियमन गर्ने प्रतिवद्धता व्यक्त गर्दै पालुङ बहुउद्देश्यीय सहकारी सम्पुर्ण थाहा नगरबासीको भरपर्दो संस्था रहेको बताए । पालुङ बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष कृष्ण बहादुर बिष्टको अध्यक्षतामा भएको साधारणसभामा विभिन्न सहकारी संस्थाका प्रतिनिधि तथा बज्रवाराही सेवा केन्द्र अन्तर्गत रहेका सेयर सदस्यहरुको उल्लेख्य उपस्थिती रहेको थियो ।
संस्थाले यस बर्षदेखि हेटौंडा र बज्रवाराही र मुख्य कार्यालयमा छुट्टाछुट्टै साधारणसभा गरेको जनाएको छ । मुख्य साधारणसभा भने संस्थाको २५ औं स्थापना दिवसको अवसर पारेर मुख्य कार्यालय रहेको स्थान थानाबजारमा पौष ९ गते विविध कार्यक्रम सहित साधारणसभा गर्ने संस्थाका मुख्य व्यवस्थापक प्रकाश पौडेलले जानकारी दिए ।

















































पालिका प्रेस 











प्रतिक्रिया दिनुहोस्