मकवानपुर थाहा नगरपालिकाको टिष्टुङ साना किसान कृषि सहकारी संस्था लिमिटेडको अध्यक्षमा किरणमान बल चयन भएका छन् । सस्थाको तेस्रो साधारणसभा तथा पहिलो अधिवेशनबाट बल सर्वसम्मत अध्यक्षमा चयन भएका हुन् । बल थाहा–११ का पूर्व वडाध्यक्ष समेत हुन् ।
टिष्टुङमा ३० मंसिरमा भएको अधिवेशनले संस्थाको उपाध्यक्षमा निशा दोङ चयन भइन् भने सदस्यहरुमा अष्ट तामाङ, अमृत थोकर, जुनेली गोले, शान्ती गुरुङ, माइते स्याङ्तान र कुमारी घलान चयन भएका छन् ।
थाहा नगरपालिका वडा नम्बर १२ का वडाध्यक्ष टिकाराम स्याङ्तानको प्रमुख आतिथ्यतामा सम्पन्न सभामा बज्रबाराही साना किसान सहकारी संस्था लिमिटेडका प्रबन्धक ध्रुव प्रसाद विडारी, महिला शक्ति बचत तथा ऋण सहकारी लिमिटेडकी अध्यक्ष सुनिता दोङ, बागेश्वरी मा.बि.का प्रधानाध्यापक वीरमान स्याङ्तान, महांकाल आधारभूत विद्यालयका प्रधानाध्यापक सचिन कुमाु बललगायत अन्य विभिन्न व्यक्तित्वहरुको आतिथ्यता रहेको थियो ।
साधारणसभा संस्थाकी उपाध्यक्ष सुनमाया तामाङको सभाध्यक्षता भएको थियो । निर्वाचित अध्यक्ष तथा पदाअधिकारीहरुलाई अतिथीहरुले बधाइ तथा शुभकामना दिएका थिए ।

















































पालिका प्रेस 











प्रतिक्रिया दिनुहोस्