पोखरा महानगरपालिकाले छात्रवृत्तिको आवेदन स्थगित गरेको छ । बहालवाला जनप्रतिनिधिका सन्तानलाई छात्रवृत्ति दिने उद्देश्यले कार्यविधि संशोधन गरेपछि विरोध भएपछि सोमबार पोखरा महानगरले सार्वजनिक सूचना निकालेर आवेदन स्थगित गरेको हो ।

यसअघि कर्मचारीका सन्तानले मात्र पाउने व्यवस्था रहेकामा संशोधन गरेर जनप्रतिनिधिका सन्तानले पनि चिकित्सा शिक्षा (एमबीबीएस) पढ्न छात्रवृत्ति पाउने व्यवस्था गरेपछि सर्वत्र विरोध भयो । चौतर्फी विरोध भएसँगै सोमबार पोखरा महानगरले सूचना निकालेर अनिश्चितकालका लागि आवेदन स्थगित गरेको छ ।

पालिका प्रेस
थप जानकारी