मकवानपुरको थाहा नगरपालिका ३ थानाबजारस्थित सुखी भविष्य वचत तथा ऋण सहकारी संस्थाको १५ औं साधारणसभा २० पुसमा सम्पन्न भएको छ ।
अध्यक्ष सुरेन्द्रमान प्रधानको सभाध्यक्षता एवम् थाहा नगरपालिकाका उपप्रमुख भरत गोपालीको प्रमुख आतिथ्यतामा साधारणसभा सम्पन्न भएको हो । सभाले अध्यक्ष प्रधानले प्रस्तुत गरेकोे नीति तथा कार्यक्रम, सचिव विक्रम केसीले पेश गरेको प्रगति प्रतिवेदन तथा कोषाध्यक्ष विक्रम श्रेष्ठले पेश गरेको आयव्यय विवरण पारित गरेको छ ।
कार्यक्रममा संस्थाका शेयर सदस्यहरु तथा स्थानीय संघसंस्थाका प्रतिनीधिहरुको उपस्थिती रहेको थियो ।

















































पालिका प्रेस 












प्रतिक्रिया दिनुहोस्