
हेटौंडा उपमहानगरपालिका वडा नम्बर २ मा रहेको परिचय बचत तथा ऋण सहकारी संस्था लिमिटेडको अध्यक्षमा विष्णुप्रसाद न्यौपाने चयन भएका छन् । २० पुसमा हेटौंडामा भएको पाचौँ अधिवेशनबाट न्यौपानेको अध्यक्षतामा नयाँ सञ्चालक समिति चयन भएको हो ।
सहकारीको उपाध्यक्षमा इश्वरी दहाल, सचिवमा सुशान्त तिमल्सिना, कोषाध्यक्षमा भवनाथ दहाल चयन भएका छन् । यसैगरी सदस्यमा मोहनप्रसाद घिमिरे, बद्रीप्रसाद लम्साल, सुदर्शन खतिवडा, अनिल बस्नेत र अन्नपूर्ण अमुगाई चयन भएका छन् ।
यसैगरी लेखा समिति संयोजकमा लक्ष्मण पराजुली र सदस्यमा नेत्रमणी इटिनी र दोलकुमारी दहाल चयन भएका छन् ।
सहकारीका अध्यक्ष दिपक तिमल्सिनाको अध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेश सहकारी बोर्डका कार्यकारी उपाध्यक्ष नारायणप्रसाद देवकोटाको प्रमुख आतिथ्यता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्