
मनकामना दुग्ध उत्पादक सहकारी सस्थां लिमिटेडको अध्यक्ष पदमा पुनः अर्जुन दाहाल निर्वाचित भएका छन् । प्रतिस्पर्धी अध्यक्ष पदका उम्मेदवार कृष्ण प्रसाद पोखरेललाई ११२ मतको अन्तरले पराजित गर्दै दाहाल २१ पुसमा पुन ःअध्यक्ष पदमा निर्वाचित भएका हुन् । ३४१ मत खसेकोमा अर्जुन दाहालले २२३ मत प्राप्त गरेका थिए भने कृष्ण प्रसाद पोखरेलले १११ मत प्राप्त गरे ।
त्यस्तै उपाध्यक्ष पदमा गोविन्द प्रसाद दाहालले २३९ मतले कविता न्यौपानेलाई पछि पार्दै बिजयी भएका छन् । गोबिन्द प्रसाद दहालले २८१ मत प्राप्त गर्दा कबिता न्यौपानेले जम्मा ४२ मत मात्र प्राप्त गरिन् । जिल्ला प्रतिनिधि सदस्यमा निल प्रसाद न्यौपानेले जनक रेग्मी लाई १०० मतले पछि पर्दै बिजयी भए । न्यौपानेले २१० मत पाउँदा जनक रेग्मीले ११० मत पाप्त गरेको गरे । जम्मा ३४१ मत खसेकोमा ७ मत बदर भएको निर्वाचन संयोजक सूर्यबहादुर गुरुङले जानकारी दिए ।
संस्थाको संचालक समिति सदस्य तथा लेखा समिती सयोजक र सदस्य पदहरुमा सहमतिमा निर्विरोध भएको थियो । अध्यक्ष, उपाध्यक्ष र जिल्ला प्रतिनिधि सदस्य पदमा सहमति जुटन नसकेपछि २१ पुस बिहानबाट मतदान भएको थियो ।
प्रतिक्रिया दिनुहोस्