
हेटौंडा उपमहानगरपालिकाको वार्षिक समक्षिा कार्यक्रममा पुनः २५ मिटर सडक विस्तारको योजनाले चर्चा पाएको छ । आर्थिक वर्ष २०८०/०८१ को चितवनको सौराहमा भएको समीक्षामा हेटौंडाको सबैभन्दा चर्चाको विषय रहने गरेको विवादस्पद २५ मिटरलाई चाडोभन्दा चाडो विस्तार गर्न पहल गरिने निष्कर्षमा पुगेको छ ।
लामो समयदेखि समस्याको रुपमा रहेको हेटौंडाको सडक विस्तारको विषय थप जटिल बनाउन नहुने निश्कर्षसहित यो विषयलाई चाँडोभन्दा चाँडो निचोडमा पुर्याउने निष्कर्षमा पालिका पुगेकोे हेटौंडा–४ को वडाध्यक्ष नवीन सिग्देलले बताए ।
बैठकले हाल चर्चामा रहेको हेटौंडाको दुई ठुला विद्यालय आधुनिक राष्ट्रिय मावी र भुटनदेवी माविलाई मर्ज गर्ने निर्णय गरेको अध्यक्ष सिग्देलले बताए । बैठकले अति विपन्न थामी र चेपाङ समुदायका परिवारको निःशूल्क स्वास्थ्य वीमा गरिदिने निर्णय समेत गरेको छ ।
बैठकले हेटौँडा–११ थानाभर्याङस्थित निर्माणाधिन फलफूल तथा तरकारीको थोक बजारमा प्रदेश सरकारले केही दिन अघिमात्र मन्त्रालय स्थापना गरेको र त्यो कार्य अस्वभाविक भएको भन्दै प्रदेश सरकारको ध्यानाकर्षण गर्ने निर्णय भएको सिग्देलले बताए ।
प्रतिक्रिया दिनुहोस्