
मकवानपुरको राक्सिराङ गाँउपालिका ६ सिलिङ्गको राष्ट्रिय माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुकालागी लिसा हिमालया इ भी को आर्थिक सहायतामा दिगो विकासका लागि एकता नेपालले न्यानो ओढ्ने ओछ्याउने कपडा वितरण गरेको छ । संस्थाले आफ्नो नियमित कार्यक्रम शिक्षा, स्वासथ्य तथा जीविकोपार्जन सहयोग कार्यक्रम राक्सिराङ अन्तर्गत सहयोग गरेको हो ।
जाडो बढेसंगै छात्राबासमा बस्ने विद्यार्थीहरुका लागि न्यानो ओढ्ने ओछ्याउने नहुँदा उनीहरुले कष्टकर रात व्यतित गर्दै आईरहेकोमा २३ पुसमा सहयोग प्राप्त भएको विद्यालयका प्रधानाध्यापक लालमाया प्रजाले बताइन् । विद्यालयको अनुरोधमा राक्सिराङमा काम गर्ने दिगो विकासका लागि एकता नेपालद्धारा विद्यार्थीहरुका लागि ६० सेट न्यानो कपडा प्राप्त भएको प्रधानाध्यापक प्रजाले बताइन् ।
न्यानो कपडा वितरण कार्यक्रममा राक्सिराङ गाँउपालिकाका उपाध्यक्ष बनस्तम थिङ तथा वडा नंम्बर ६ का अध्यक्ष अकल बहादुर मोक्तानको उपस्थिती रहेको थियो । वितरण गरिएको सामाग्रीहरुमा डसना, खोलसहितको फाइबरको सिरक, तन्ना तथा तकियालगायत छन् ।
प्रतिक्रिया दिनुहोस्