मकवानपुर थाहा नगरपालिकामा रहेको कुण्डलदेवी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २४औं वार्षिक साधारणसभा २५ पुसमा दामनमा भएको छ ।

सहकारीका संस्थापक अध्यक्ष बिनोद कुमार लामामो प्रमुख आतिथ्यतामा भएको साधारण सभामा संस्थाका अध्यक्ष शिविकुमार खत्रीले आर्थिक वर्ष २०८०/०८१ मा संस्थाको सेयर पुँजी ८४ लाख ५ हजार ६ सय रहेको बताउँदै वार्षिक कारोबार ५ करोड रुपैयाँ पुगेको प्रतिवेदन प्रस्तुत गरे । अध्यक्ष खत्रीले छिटो छरितो भरपर्दो र बिश्वसनिय सेवा प्रदान गर्दै संस्थाले कृषि पर्यटन,व्यापार ,वैदेशिक रोजगार लगायतमा सेवा पुर्याउदै अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरे ।

साधारण सभामा पेश भएको लेखा सुपरिवेक्षण समिती संयोजक केदार केसीको लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन, सचिव सिताराम रुम्बाको सचिवकोे प्रतिवेदन, लेखा समितिको तर्फबाट प्रस्तुत आर्थिक वर्ष २०८१÷०८२ को अनुमानित आयव्यय तथा वार्षिक कार्यक्रम र लेखा समितिको तर्फबाट प्रतिवेदन प्रस्तुत प्रतिवेदनहरु छलफलसहित पास भएको छ ।

कार्यक्रममा प्रमुख अतिथी संस्थाका संस्थापक अध्यक्ष लामाले सहकारीहरु बचत तथा ऋणको मात्र कारोबार तिर नलागी उत्पादन मुलक हुनुपर्नेमा जोड दिए । उनले सदस्यको आयआर्जन बढ्ने क्षेत्रमा लगानी बढाइ स्वरोजगार र कृषितिर झुकाव बढाउन सके थाहा नगरपालिकाको समृद्धिमा कोशेढुंगा सावित हुने उल्लेख गरे ।

सभाको अवसरमा संस्थाले उत्कृष्ट कारोवार गर्ने सदस्य तथा ज्येष्ठ सदस्यहरुलाई सम्मान गरिएको थियो । सम्मानित हुनेमा ज्येष्ठतर्फ सुन कुमारी थिङ लामा, मान बहादुर भोम्जन, आइते सिं भोम्जन, दानु गोपाली, मैया केसी र क्षेत्रमाया बस्नेत रायमाझी थिए । उनीहरुलाई प्रमुख अतिथी लामाले दोसल्ला तथा सम्मान पत्र प्रदान गरेका थिए ।

त्यस्तै असल बचततर्फ मोहन सिं लामा, जितेन्द्र कुमार, विकास गोपाली र कर्म दिक्षिण शेर्पा सम्मानित भए भने उत्कृष्ट कर्जातर्फ मनलाल गोपाली सम्मानित भए ।

साधारणसभामा जिल्ला सहकारी संघका कोषाध्यक्ष विमल कुमार ढकाल, पालुङ बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष कृष्ण बहादुर बिष्ट, फरक सोचका यादवजंग रायमाझी, सहयोगी बचतका व्यवस्थापक मोहनमान श्रेष्ठले शुभकामना मन्तव्य राखेका थिए ।

संस्थाका अध्यक्ष शिवकुमार खत्री को समाध्यक्षतमा भएको साधारण सभामा थाहा ४ का पूर्व वडा अध्यक्ष दिपक सिंह लामा, पाथिभरा सहकारीका व्यवस्थापक जनक तामाङ, सेती गणेश आधारभुत बिध्यालयका प्रधानाध्यापक उर्मिला श्रेष्ठ, दिव्यतारा बहुउद्देश्यीय थाहा सेवा केन्द्रका व्यवस्थापक राममाया खत्री, लेकाली बसिफाट माबिका अध्यक्ष भरत रुम्बा, थाहा होटल एशोसियसनका महासचिव उकेश चन्द्र केसी, दामन सहरी स्वास्थ्य केन्द्रका प्रमुख प्रकाश घिमिरे, शिखर क्लवका अध्यक्ष बिश्व अर्याल, पालुङ जेसीजका नवनिर्वाचित अध्यक्ष माधव कार्की, उपाध्यक्ष बिश्वनाथ रायमाझी लगायतका आतिथ्यता रहेको थियो । संस्थाका सदस्य भरत रुम्बाले स्वागत गरेको सभा संस्थाका शिक्षा संयोजक कुमार नेगीले संचालन गरेका थिए ।

पालिका प्रेस
थप जानकारी