
मकवानपुर थाहा नगरपालिकाको वडा नम्बर ३ मा रहेको बागेश्वरी कृषि सहकारी संस्थाको १०औं वार्षिक साधारणसभा भएको छ। थाहा नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष हिरेन्द्र कुमार रायमाझीको प्रमुख आतिथ्यतामा सभा भएको हो । संस्थाको कार्यालय डाँडागाउँमा भएको साधारणसभामा थाहा नगरपालिका कृषि शाखा प्रमुख संजय तिवारीको विशिष्ट आतिथ्यता रहेको थियो।
साधारणसभामा पालुङ बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष कृष्ण बहादुर बिष्ट, लेखा परीक्षक बिमल कुमार बिष्टको आथिथ्यता रहेको थियो । सभामा संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष बिष्टले संस्थाको १०औं साधारणसभासम्म आइपुग्दा संस्थाको उद्देश्य र मुख्य लक्ष्य सदस्यहरुलाई आधुनिक खेतीमा जोड दिनु रहेको बताउँदै प्रविधी र बिषयबिज्ञहरुसंग सदस्स्यलाई जोड्नु रहेको आफ्नो प्रतिवेदनमा समेटेका थिए ।
अध्यक्ष बिष्टले सहकारीबाट प्रत्यक्ष निगरानीमा रहेका खेती ९० प्रतिशतसम्म सफल देखिएको बताउदै कारोवार बढ्दै गैरहेको बताए । साधारणसभामा संस्थाका सचिव लक्ष्मण बिष्ट “बिर्खे अन्जान“ ले सचिवको प्रतिवेदन प्रस्तुत गरे । उनले हाल संस्थाको कारोबार ३९ लाख पुगेको बताए ।
संस्थाका अध्यक्ष दिनेश बिष्टको अध्यक्षतामा भएको कार्यक्रममा संस्थामा उत्कृष्ट कारोबार गर्ने हरु बचत तर्फ कमला गोले, कर्जा तर्फ जितेन्द्र कुमार, समूह बचततर्फ लक्ष्मी गोपालीलाई नगद तथा प्रसंशापत्र सहित सम्मान गरिएको थियो । संस्थासंग बीउ बिजन, मलखाद कारोबार गरी उत्कृष्ट भएका पशुपति बिष्ट, भवानी बिष्ट र लक्ष्मी बिष्टलाई एक, एक बोरा युरिया मल तथा नगद तथा सम्मानपत्र प्रदान गरिएको थियो।
साधारणसभामा पालुङ बहुउद्देश्यीय सहकारीका अध्यक्ष कृष्ण बहादुर बिष्ट, लेखा परीक्षक बिमल कुमार बिष्टलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्