
भूमि आयोग मकवानपुरको अध्यक्षमा एमाले नेता बलराम बल नियुक्त भएका छन् । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले हेटौंडा उपमहानगरपालिका–१ निवासी बललाई अध्यक्षमा नियुक्त गरेको हो ।
२९ पुसमा सरकारको मन्त्रीस्तरको निर्णयले ७१ जिल्लामा भूमि आयोगका अध्यक्ष नियुक्त गरिएको हो । भूमि व्यवस्था तथा सहकारीमन्त्री रामनाथ अधिकारीले नवनियुक्त जिल्ला अध्यक्ष बललाई शपथग्रहण गराएका थिए । बल नेकपा (एमाले) बागमती प्रदेश कमिटीका सदस्य हुन् ।
प्रतिक्रिया दिनुहोस्