थाहा नगरपालिका वडा नम्बर २ को ऐतिहासिक पालुङगढी परिसर सरसफाई गरी थुन्से डस्टविन राखिएको छ । पालुङ जेसीजको आयोजना तथा ईलाका प्रहरी कार्यालय पालुङको समन्वयमा गढी परिसर सरसफाईसहित ठाउँठाउँमा थुन्से डस्टविन राखिएको कार्यक्रम संयोजक नविना बिष्टले जानकारी दिइन् ।

पालुङ जेसीज बर्ष २०२५ का अध्यक्ष माधव कार्कीको अध्यक्षता तथा वडा नम्बर २ का सदस्य युवराज विष्टको प्रमुख आतिथ्यतामा १९ मा भएको कार्यक्रममा प्रमुख अतिथी युवराज बिष्टले पालुङ गढी संरक्षणमा वडा कार्यालयले काम गरिएको स्मरण गराउदै आगामी दिनमा पनि गढी संरक्षणमा वडाले स्थानीयसंग हातेमालो गर्दै अगाडि बढ्ने बताए।

ईलाका प्रहरी कार्यालय पालुङका प्रहरी सहायक निरीक्षक नारायण प्रसाद ढकालले नेपाल प्रहरीले समुदाय र विभिन्न संघसंस्था संग मिलेर सहयोग आदानप्रदान गरिरहने बताए। जेसीज जनसम्पर्क अधिकारी कमल बिष्टले संचालन गरेको कार्यक्रममा पालुङ गढी संरक्षण समितिका अध्यक्ष अजय कार्की, चुनिदेवी सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष अर्जुन कार्की लगायत जेसीज वर्ष २०२५ का बोर्ड पदाधिकारी तथा स्थानीयको उपस्थिति रहेको थियो । पालुङ गढीलाई चिनाउनको निम्ति पालुङ जेसीजले २०२३ देखि पहल गर्दै आइरहेको छ ।

पालिका प्रेस
थप जानकारी