मकवानपुरगढी गाउँपालिकाको सरङपुर तल्लोछाप पक्की पुल निर्माणको लागि अर्थ मन्त्रालयबाट १३ करोड २ लाख १२ हजार बराबरको बहुबर्षिय स्रोत सहमती प्राप्त भएको छ । सत्तारुढ दलका मुख्य सचेतक महेश कुमार बर्तौलाको पहलमा सामरी खोला स्थित सरङपुर तल्लोछापमा पक्कि पुल बन्ने सुनिश्चित भएको हो ।

बर्तौलाको स्वकीय सचिव आशिष अस्लामीले बताए अनुसार-चालु आर्थिक वर्ष मा संघीय सहरी विकास मन्त्रालयबाट यस पुल निर्माणको लागि जम्मा ८५ लाख बजेट विनियोजन भएको थियो । उनले भने–“बिनियोजित बजेटले पुल निर्माणको प्रकृया अगाढी बढाउनको लागि अर्थ मन्त्रालयबाट बहुबर्षिय स्रोत सहमती लिनुपर्ने थियो । माननीयज्यूले माननीय अर्थमन्त्रीज्यूसंग समन्वय गरी फिल्डको आवश्यकताबारे बताउनुभई स्रोत सहमती प्राप्त भएको हो । अब छिटै स्थानीय पुर्वाधार विकास कार्यालय, हेटौंडा मार्फत ठेक्का आह्वान हुनेछ ।”

यो पुलको अध्ययन तथा डिपिआर निर्माण मकवानपुरगढीको पुर्व अध्यक्ष विदुर हुमागाईको पालामा भएको थियो । पुर्व अध्यक्ष हुमागाईका अनुसार उक्त पुल बासुदेव राजमार्ग र गैरी भन्ज्याङ–सुकौरा हुँदै कान्ति लोक पथ जोड्नका लागि हो । यसको निर्माण पश्चात हेटौंडा सहित साविक मकवानपुरगढी, आमभन्ज्याङ, सुकौरा, बुढीचौर लगायतका आम मानिस र हेटौंडा काठमाण्डौं यात्रा गर्ने यात्रुहरुलाई प्रत्यक्ष लाभ पुग्नेछ । साथै कृषि उपज उत्पादनलाई बजारीकरण गर्न र विद्यालय आवत जावत गर्ने विद्यार्थिहरुलाई ठुलो मद्धत मिल्नेछ ।

पालिका प्रेस
थप जानकारी