
हेटौंडा उपमहानगरपालिकाभित्र रहेका सम्पूर्ण निजी तथा सामुदायिक विद्यालयहरू भोलि फागुन १ गते बन्द हुने भएका छन्। बालमैत्री स्थानीय शासनयुक्त उपमहानगरपालिका घोषणा कार्यक्रम आयोजना गरिने भएकाले उपमहानगरपालिकाले पठनपाठन स्थगित गर्ने निर्णय गरेको हो।
उपमहानगरपालिकाका प्रवक्ता सबिन न्यौपानेका अनुसार,उक्त कार्यक्रममा सम्पूर्ण सरकारी तथा गैरसरकारी निकायका कर्मचारीहरूको सहभागिता आवश्यक भएकाले विद्यालयहरू बन्द गर्ने निर्णय गरिएको हो। साथै, नगर क्षेत्रभित्रका शैक्षिक संस्था, वडा कार्यालय, स्वास्थ्य संस्था लगायतका सेवा पनि बन्द रहने उपमहानगरपालिकाले जनाएको छ।
यस सम्बन्धमा उपमहानगरपालिकाले एक सूचना जारी गर्दै सबै विद्यालयलाई कार्यक्रममा सहभागी हुन परिपत्र समेत गरेको छ।
प्रतिक्रिया दिनुहोस्