
मकवानपुरको मनहरी गाउँपालिकालाई दीर्घकालीन रुपमा फोहोर ब्यबस्थापन गर्नको लागि नयाँ ठाउँ र बारुण यन्त्रको तत्काल ब्यवस्थापन गराउनको लागि ध्यानाकर्षण गराइएको छ । मानव अधिकार समूह मनहरीले पालिकालाई यो ध्यानाकर्षण गराएको हो ।
समितिको नियमित बैठक अन्तर्गत २७ माघमा मनहरी ५ नम्बर वडामा बसेको बैठकले यस्तो निर्णय गरेको समितिको संयोजक बिमला गोपालीले जानकारी दिइन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र ईन्सेक द्वारा गठित समुहले मानव अधिकारका विषयमा आवाज उठाउदै आईरहेको छ । पछिल्लो समयमा मनहरीमा फोहोर ब्यबस्थापन निक्कै चुनौतीपूर्ण र अव्यवस्थित बन्दै गईरहेको भन्दै त्यसको उचित ब्यबस्थापनको लागि वडा नम्बर ८ र ९ को सिमानामा पर्ने राप्ती खोलाको ड्याम साईड उपयुक्त हुने समेत समितिले निक्र्योल गरेकोछ ।
बैठकले हाल मनहरी ७ स्थित बेलुवाको बगरमा फ्याँक्दै आईरहेको र मानव बस्तीदेखि नजिकै रहेको र केही दिन अघि मात्रै डम्पिङ साईडमा आगलागी भएको र बाताबरण प्रदुषण भएको भन्दै सम्बन्धी सरोकारवालालाई ध्यानाकर्षण गराईने समेत सर्ब सम्मत निर्णय गरेकोछ ।
त्यस्तै गरि मनहरी बढ्दो मानव बस्तीको रुपमा अगाडि बढिरहेको अवस्थामा केहि गरि कतै आगलागी भयो भने तत्काल थप क्षति हुन नदिनको लागि पालिका भित्रनै बारुण यन्त्रको ब्यबस्थापन गराउन पालिकालाई अनुरोध गर्ने निर्णय समेत पारित गरेकोछ । त्यसको अलावा सार्वजनिक शौचालय, सडकको छेउछाउका खाडल पुरी थप पेटी बिस्तार गर्न समेत पालिकालाई आग्रह गर्ने बैठकले निर्णय गरेको छ ।
मनहरी गाउँपालिका ५ नम्बर वडा अध्यक्ष दिपेन्द्र अधिकारीको प्रमुख आतिथ्यता रहेको बैठकमा राज्यले ध्यान पु¥याउन नसकेको कुरामा स्थानिय सरकारलाई सबल बनाउन जुन प्रकारको सुझाव आएको छ त्यो अत्यन्तै सह्रानीय भएको भन्दै बैठकमा उठेको सवालको बारेमा कार्यपालिकामा बैठकको एजेण्डा बन्ने समेत बताए । मानव अधिकारका सवालमा मनहरी गाउँपालिका निक्कै सकारात्मक र कटिबद्ध रहेको भन्दै वडा अध्यक्ष अधिकारिले मानव हित भन्दा बाहिर गएर समाजको बिकास असम्भव रहेको समेत बताए । बैठकमा समुहका सदस्यहरु, ईन्सेक सहजकर्ता सलिना गौतम कोक्याप प्रतिनिधि सुजता पौडेल ( अधिकारी) लगाएत अन्यको सहभागिता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्