मकवानपुरको ग्रामीण भेगमा विवाह, भोज, भतेरलगायतमा अनिवार्य रुपमा प्रयोग गरिने सालको पातको टपरी प्रयोग गर्ने चलन हराउँदै गएको छ । बिशेषगरी दश वर्ष अघिसम्म मकवानपुरका गाउँहरुमा सालको पातको टपरी प्रयोग गरिन्थ्यो । अहिले भने सालको पातको टपरी भने पुजाआजाका लागि मात्र प्रयोग गरेको देखिन्छ ।

हिजो आज कृत्रिम टपरी प्रयोग हुन थालेपछि परम्परागत टपरी हराउँदै जान थालेको मकवानपुरगढीका श्याम घिमिरे बताउँछन् । पुजापाठ, विवाह, भोज, भतेरसहितका कार्यमा कागजको टपरी प्रयोग हुन थालेपछि परम्परागत टपरी विस्थापित भएको हो । व्यावसायिक रुपमा परम्परागत टपरी उत्पादन गर्नेको रोजगारी पनि संकटमा पर्दै गएको यसबाट जिवीकोपार्जन गर्दै आएका महिलाहरु बताउँछन् ।

कागजको टपरीको कारण आफूहरुको संस्कार र संस्कृति नै लोप हुने अवस्थामा पुगेकोमा बृद्धबृद्धाहरु चिन्ता व्यक्त गरेका छन् । पहिले भोजभतेर विवाहसहितका धार्मिक कार्यमा भोजन गर्दा सालको पातको टपरीमा अरुलाई खाना दिने चलन थियो । हिजो आज कागजको टपरी प्रयोग हुन थालेको छ ।

पालिका प्रेस
थप जानकारी