माझी समुदायको लदी पर्वको अवसरमा बागमती प्रदेश सरकारले गलबार सार्वजनिक बिदा दिएको छ । प्रत्येक वर्षको फागुन २० गते मनाइने लदी पर्वमा प्रदेश सरकारले माझी समुदायका लागि मात्र सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

यसैगरी मकवानपुरको बकैया गाउँपालिकाले लदी पर्वको अवसरमा गाउँपालिकामा सार्वजनिक विदा दिएको छ । माझी समूदायको उल्लेख्य जनसंख्या रहेको बकैयाले विगतको वर्षहरुमा जस्तै यो वर्षपनि सार्वजनिक विदा दिएको प्रमुख प्रशासकीय अधिकृत महेश श्रेष्ठले जानकारी दिए ।

बागमती प्रदेशमा मकवानपुर सहित सिन्धुली, रामेछाप, सिन्धुपाल्चोक सहितका क्षेत्रमा माझी समुदायहरुले लदी पर्वलाई मनाउने गरेका छन् । कोशी पुजाको रुपमा समेत प्रख्यात रहेको लदी पर्वमा माझी समुदायहरु आफ्ना भेषभुषमा सजिएर आफ्नो कला संस्कृतिको समेत जगेर्ना गर्ने गरेका छन् ।

पालिका प्रेस
थप जानकारी