
नेकपा एमाले निकट राष्ट्रिय युवा संघ, नेपाल थाहानगर कमिटीले अधिवेशनकै दिन विरामीलाई आर्थिक सहयोग गरेको छ ।
नगर अधिवेशनको अवसरमा थाहा ७ का मृगौला रोग पीडित जुनु तमाङलाई १७ हजार ७ सय ७० रुपियाँ आर्थिक सहयोग गरेको नवनिर्वाचित अध्यक्ष सुमन रायमाझीले जानकारी दिए । अध्यक्ष रायमाझीले अधिवेशनमा संकलन गरी पीडित तमाङका भिनाजू शरण मोक्तानलाई बुझाएका हुन् ।
पीडित जुनु तमाङलाई थप सहयोग गर्न युवा संघले अपिल पनि गरेको छ ।
प्रतिक्रिया दिनुहोस्