मकवानपुरको बागमती गाउँपालिकाले पालिकाभित्र रहेको भूमिसम्बन्धी समस्या समाधानका लागि प्रथम चरणको अन्तरक्रिया गरेको छ । बागमती गाउँपालिका अध्यक्ष सर्केश घलानको अध्यक्षता एवम् भूमि समस्या समाधान आयोग मकवानपुरका अध्यक्ष बलराम बलको प्रमुख आतिथ्यतामा छलफल भएको हो ।
नापी भईसकेका भूमिहिन दलित, भूमिहिन सुकुम्बासी र अव्यवस्थित भूमिहिनलाई जग्गा प्रदान गर्नको लागि अन्तरक्रिया तथा छलफल भएको भूमि समस्या समाधान आयोग मकवानपुरका सदस्य कविन सांगामीले जानकारी दिए । बागमती गाउँपालिकाका ९ वटा वडामध्ये १ देखि ८ नम्बर वडासम्म नापी भईसकेको र ९नम्बर वडामा जग्गा नापीको काम भइरहेको छ । लामो समयदेखि भूमिहिन व्यक्तिलाई जग्गा प्राप्तिका लागि आयोगले काम गर्ने भूमि समस्या समाधान आयोग मकवानपुरका अध्यक्ष बलले बताए ।
बागमती गाउँपालिका उपाध्यक्ष फणिन्द्र तिमल्सिना, ३ नम्बर वडाअध्यक्ष कमानसिंह पाख्रिन, ५ नम्बर वडाअध्यक्ष विजयकुमार भोलन, ६ नम्बर वडाअध्यक्ष टेकबहादुर डिमडुङ, ७ नम्बर वडाअध्यक्ष उत्तरबहादुर घलान, ९ नम्बर वडाअध्यक्ष पूर्णराम घलान, भूमि समस्या समाधान आयोग मकवानपुरको विज्ञ सदस्य अर्जुनप्रसाद चौलागाई, सदस्य डिलमाया घर्ती, मालपोत कार्यालय मकवानपुरका प्रमुख र घुवंश कँडेल, नापी कार्यालय मकवानपुरका प्रमुख खीमबहादुर रानालगायत स्थानीयको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्