मकवानपुर थाहा नगरपालिकामा क्रियाशील कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडको केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम २३ फागुनमा भएको छ । पालुङ बहुउद्देश्यीय सहकारी संस्थाको हल थानाबजारमा भएको गोष्ठीमा ढल्ट कालिका केन्द्रका प्रमुख लक्ष्मी बिश्वकर्माको अध्यक्षता तथा थाहा नगरपालिकाका उपप्रमुख भरत गोपालीको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा प्रमुख अतिथी भरत गोपालीले केही संस्थाले नै संस्थाहरुको बदनामी गरेकोले राम्रा काम गर्ने संस्थालाई चुनौति थपिएको बताए । गोपालीले भने, “जे प्रयोजनका लागि हो त्यही प्रयोजनका लागि ऋण लगानी गर्नु पर्छ र काम गर्नुपर्छ।” उनले संस्थाको आर्थिक प्रगतिको शुभकामना व्यक्त गर्दै आर्थिक व्यवस्थापनमा चनाखो हुनुपर्ने उल्लेख गरे । सर्वसाधारणको पैसा सदुपयोग गरेमा धेरै लाभ हुने तर दुरुपयोग गरेमा भविष्य बर्बाद हुने उनको भनाइ थियो ।

संस्थाका केन्द्रिय कर्जा बिभाग प्रमुख हर्ष बहादुर स्याङ्तान र अनुगमन अधिकारी सरोज न्यौपानेले सहजीकरण गरेको कार्यक्रममा कालिका लघुवित्त ओखरबजार शाखाका प्रमुख रनिल खत्रीले संचालन गरेका थिए । गोष्ठीमा १ सय ७ केन्द्रका केन्द्र प्रमुखहरुको सहभागिता रहेको थियो। कार्यक्रममा पालुङ बहुउद्देश्यीय सहकारीका अध्यक्ष कृष्ण बहादुर बिष्ट, महालक्ष्मी बिकास बैंक पालुङका प्रमुख नितेश पाण्डे, नगर प्रहरीका प्रमुख किरण गिरी, इलाका प्रहरी कार्यालयका प्रतिनिधि लगायतकाको आतिथ्यता रहेको थियो ।

पालिका प्रेस
थप जानकारी