
बागमती प्रदेशका सांसद तथा पुर्व सामाजिक विकास मन्त्री कुमारी मोक्तानले महिलाहरुलाई पुरुष सरह समान अधिकार दिनुपर्ने बताएकी छिन् । थाहानगरको चेतनशिल महिला बचत तथा ऋण सहकारी लिमिटेडको आयोजनामा २३ फागुनमा आयोजित ११५ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा सांसद मोक्तानले यस्तो बताएकी हुन् । सांसद मोक्तानले महिलाहरुलाई संविधानमा तोकेको बाहेक अन्त स्थान नमिलेको बताउदै बागमती प्रदेशमा अहिले १४ जनाको मन्त्री मंण्डलमा जम्मा २ जनाले मात्र स्थान पाउनु सकारात्मक नभएको उल्लेख गरिन् । कानूनमैे लेखेको ठाउँमा पनि महिलाको सहभागिता कार्यान्वयनमा समस्या रहेको बताइन् ।
मोक्तानले संविधानमा पैत्रिक सम्पतिमा छोरा सरह छोरीलाई पनि समान अधिकार दिएको भएपपनि समाज अहिले पनि कार्यन्वयनको पक्षमा नरहेको स्मरण गराइन् । उनले भनिन्–‘महिलाहरुलाई दाइजोमै बिबेध रहेको छ, बिहेमा दिने दाइजो सोफा किन्न जाँदा पनि पसलेले दाइजोलाई कि घरलाई भनेर दुई किसिमको सामान देखाउछ, त्यहाँ पनि कति हेपेको हेर्नू त ? प्रतिप्रश्न गरिन् ।
थाहा नगरपालिका महिला, बालबालिका तथा जेष्ठ नागरिक समितिका सदस्य पवित्रा सिंह ठकुरीको अध्यक्षता तथा सांसद कुमारी मोक्तानको प्रमुख आतिथ्यतामा आयोजित अभिमुखिकरण कार्यक्रममा महिला बिकास कार्यालय मकवानपुरका पुर्व प्रमुख उपसचिव शोभा शाहले महिला ससक्तिकरणको बारेमा जानकारी गराएकी थिइन् ।
थाहा नगरपालिका महिला, बालबालिका, जेष्ठ नागरिक तथा अपाङ परिचयपत्र शाखाको सहयोगमा सम्पन्न कार्यक्रममा थाहा नगरपालिका भित्र संचालनमा रहेको महिला सहकारीहरु पुण्यश्री महिला सहकारी, लालीगुराँस महिला बहुउद्देश्यीय, चेतनशील महिला सहकारी, कुटेश्वरी महिला सहकारी, चन्द्रागिरी महिला सहकारी, महिला शक्ति बचत तथा ऋण सहकारी, जागृती उत्थान सहकारीको प्रमुखहरु, वडा सदस्यहरु कविता बिष्ट, सविता सुनार, चन्द्रमाया थिङ, शशी बिक, राममाया गोले, महिला तथा बालकालिका शाखा प्रमुख प्रतिमा मोक्तान, थाहा नगरपालिका न्यायिक सहजकर्ता गोपी कुमारी कार्की, नगरपालिकाका अमिन शोभा भण्डारी, पुण्यश्री साकोसका अध्यक्ष ईश्वरी शाही ठकुरी, महिला शक्ति साकोसका अध्यक्ष सुनिता दोङ लगायतका उपस्तिथि रहेको थियो । कार्यक्रमलाई चेतनशील महिला सहकारीका अध्यक्ष शकुन्तला गोपालीले संचालन गरेकी थिइन् ।
प्रतिक्रिया दिनुहोस्