नेपाल पत्रकार महासंघ मकवानपुर शाखाले ईन्द्रसरोवर गाउँपालिकाको पर्यटनको सम्भाव्यता, भौतिक पूर्वाधार विकास र समस्या विषयमा गाउँपालिकासँग छलफल गरेको छ । कार्यसमिति बैठकको शिलशिलामा इन्द्रसरोवर पुगेको महासंघ कार्यसमितिले शुक्रबार पालिका प्रमुख र प्रमुख प्रशासकीय अधिकृतसँग छलफल गरेको हो ।

छलफलका क्रममा इन्द्रसरोवर गाउँपालिका अध्यक्ष देवकृष्ण पुडासैनीले शिक्षा, स्वास्थ्य, पर्यटनलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताएका छन् । गत असोजको बाढीले ईन्द्रसरोवरमा ठुलो क्षति पुगेको उनले बताए । ‘विद्युत प्राधिकरणले विचार नपु¥याएर ईन्द्रसरोबरको ड्याम खोल्दा धेरै संरचनामा क्षति पुगेको थियो ।’ अध्यक्ष पुडासैनीले भने । संघीय राजधानी र प्रदेश राजधानी जोड्ने ४ वटै सडक सञ्जालले ईन्द्रसरोवरलाई छोएको बताउँदै ती सडक निर्माण कार्य समयमै सम्पन्न हुनुपर्नेमा उनले जोड दिए ।

अध्यक्ष पुडासैनीले संघीय र प्रदेश सरकारले प्रदान गर्ने समपुरक बजेटमा लगानी गनुपर्ने र पालिकाको बलियो आयश्रोत नुहँदा साढे ८ करोड बजेट घाटामा रहेको बताए । ईन्द्रसरोबर तालको सम्भाव्यतालाई भरपुर सदुपयोग गर्नुपर्ने उनको भनाई रहेको छ । त्यसैगरी पत्रकार महासंघ मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारीले जनप्रतिनिधि आएपछि स्थानीय तहमा विकास निर्माणले गति लिएको बताएका छन् ।

यद्यपि जनचाहना अनुसार अझै पनि काम हुन नसकेको उनको भनाई छ । अध्यक्ष अधिकारीले सरकारले गरेका राम्रा कामलाई जनतामाझ लैजाने र जनप्रतिनिधिलाई पनि जनताप्रति उत्तरदायी बनाउने भूमिकालाई महासंघले सन्तुलित रुपमा अगडि बढाउने उल्लेख गरेका छन् । स्थानीय तहले पत्रकार महासंघसँग समन्वय र सहकार्य गर्नुपर्नेमा उनको जोड थियो । छलफलमा पालिकाका प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र लामाको पनि सहभागिता रहेको थियो । महासंघले पालिकाबाट सर्वसाधारणले पाइरहेको सेवा सुविधालयागतका विषयमा पनि चासो लिएको छ ।

पालिका प्रेस
थप जानकारी