मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नम्बर १ मा रहेको लक्ष्मी नारायण कृषक समूहले ५० प्रतिशत अनुदानमा कृषि उपकरणहरु वितरण गरेको छ । कृषि विकास कार्यालय चितवनबाट व्यावशायिक तरकारी खेती प्रवद्र्धन कार्यक्रम अन्तर्गत ८ वैशाखमा सामग्रीहरु वितरण गरिएको हो ।

इन्द्रसरोवर गाउँपालिकाकी उपाध्यक्ष उमा कुमारी लामाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा कृषि विकास कार्यालय चितवनकी कृषि अधिकृत स्वस्तिका चौहान, पुनम पौडेल, लेखा अधिकृत हेमराज ढुङ्गाना, इन्द्रसरोवर गाउँपालिकाकी कृषि विकास अधिकृत मिना कुमारी थापा, कृषि प्राविधिकहरु सचिन विष्ट, कुमार पौडेललगायतकाको उपस्थिती रहेको थियो ।
लक्ष्मी नारायण कृषक समूहकी अध्यक्ष सरिता बस्नेतको सभाध्यक्षतामा भएको कार्यक्रममा किसानहरुलाई मिनिटिलर, विषादि छर्किने पम्पलगायतका सामग्रीहरु वितरण गरिएको हो ।
यसैबीच कृषि विकास कार्यालय चितवनको सहयोगमा इन्द्रसरोवरको सिम्लाङमा व्यवसायिक तरकारी खेती सम्बन्धी एकदिने घुम्ती तालिम सम्पन्न भएको छ ।


















































पालिका प्रेस 












प्रतिक्रिया दिनुहोस्