नेपाली काँग्रेसका सहमहामन्त्री तथा पूर्व जलश्रोत राज्यमन्त्री महालक्ष्मी उपाध्याय डिनाले वनमा आधारित उद्यमशीलता विकास गर्नुपर्ने बताएकी छिन् । सामुदायिक बन उपभोक्ता महासंघ थाहानगरले १६ वैशाखमा आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा उपाध्यायले वनजन्य उद्यममा जोड दिएकी हुन् । उनले मकवानपुरको वन जंगलको माटो जडिबुटी खेतीको लागि उत्तम रहेको बताउदै सामुदायिक वन उपभोक्ता महासंघले एकीकृत विकासको रुपमा लैजान सुझाव दिइन् ।

पछिल्ला वर्षहरुमा वन केन्द्रित दिगो विकासका प्रयास भएको बताउँदै नेतृ उपाध्यायले भनिन्–‘वन क्षेत्रको संरक्षण सम्बद्र्धन, र दिगो व्यवस्थापनका लागि समन्वय जरुरी छ, नीतिगत सुधार, नविन प्रविधिको प्रयोग गर्दै नेपालको हरियो वन नेपालको धन बनाउन महत्वपूर्र्ण हुनेछ ।’ वन क्षेत्रको विकास र संक्षरण तथा सम्वद्र्धन गर्दै वनबाट रोजगारी बढाउन महासंघको भूमिका महत्वपूर्ण हुने उपाध्यायको धारणा थियो ।

 

सामुदायिक वन उपभोक्ता महासंघ थाहानगर अध्यक्ष गणेशमान श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा थाहा नगरपालिका वडा नम्बर १ भित्र रहेको सामुदायिक वनमा रिचार्ज पोखरी निर्माण गर्न सांसद विकास कोषबाट बजेट उपलब्ध गराइएकोमा प्रदेश सांसद लक्ष्मी श्रेष्ठ र बजेटको लागि पहल गरिदिएकोमा काँग्रेस नेतृ उपाध्यायलाई उच्च् प्रशंसासहित सम्मान गरिएको थियो । सो अवसरमा थाहा नगरपालिकामा प्रमुख प्रशासकिय अधिकृतको रुपमा आएका सुरेन्द्र प्रधानलाई स्वागत गरिएको थियो।

कार्यक्रममा सांसद लक्ष्मी श्रेष्ठ, थाहा नगरपालिकाका उपप्रमुख भरत गोपाली, वडा नम्बर १२ का अध्यक्ष टिकाराम स्याङ्तान, हेटौंडा क्याम्पसका अध्यक्ष आनन्दराम पराजुली, परिवार नियोजन संघका जिल्ला अध्यक्ष ईश्वर पण्डित, थाहा नगरपालिका सामाजिक विकास शाखा प्रमुख अनिल लामिछाने, ईलाका प्रहरी कार्यालय पालुङका प्रमुख सविन बाबू अर्याल, थाहा नगरका पुर्व उपप्रमुख खड्गबहादुर गोपाली, सामुदायिक बनका पदाधिकारीहरुको उपस्थिति रहेको थियो।

पालिका प्रेस
थप जानकारी