नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) थाहानगर कमिटिले अधिवेशन भएको करिब ४ महिनापछि नयाँ नेतृत्व पाएको छ । १९ पुसमा भएको माओवादी केन्द्रको दोस्रो नगर अधिवेशनले अध्यक्ष चुन्न नसकेपछि धकेलिँदै जाँदा १५ वैशाखमा कमिटिले पूर्णता पाएको हो । यद्यपि चार महिना अघिको अधिवेशनले नगर सदस्यहरु भने चुनेको थियो । अधिवेशनबाट चुनिएका सदस्यमध्येबाट पदाअधिकारी चुन्नुपर्ने माओवादीको विधान छ ।

अधिवेशनका क्रममा नगर अध्यक्ष पदमा बिनोद कुमार लामा, सुमन कार्की, नवराज विष्ट, प्रमोद गोपाली, दिपक लामा, लक्ष्मण विष्ट र गुमानसिंह मोक्तान आकांक्षी थिए । आकांक्षीहरुबीच निरन्तरको छलफल तथा सहमतीको प्रयासपछि अध्यक्ष पदमा पुनः विनोद कुमार लामा नै सर्वसम्मत निर्वाचित भएका छन् । अध्यक्ष लामा दोस्रो पटक अध्यक्ष पदमा निर्वाचित भएका हुन् । उनी यसअघि २०७८ सालको २९ माघमा सम्पन्न पार्टीको प्रथम अधिवेशनमा पनि अरुण रायमाझीलाई पराजित गर्दै नगर अध्यक्ष पदमा निर्वाचित भएका थिए ।

माओवादी थाहानगर कमिटिको उपाध्यक्षहरुमा प्रमोद गोपाली, दिपेन्द्र कुमार थिङ तथा जयराम जोशी सर्वसम्मत निर्वाचित भएका छन् । त्यस्तै सचिवमा लक्ष्मण विष्ट, कोषाध्यक्षमा मंगल बहादुर मुक्तान, सहसचिवद्वयमा जमिन दियाली र अनिता बल तथा अन्य सदस्यहरु निर्वाचित भएका छन् । यसअघि १९ पुसमा भएको माओवादीको प्रथम नगर अधिवेशनले नगर कमिटिमा ५१ सदस्य चुनेको थियो । १५ वैशाखमा नगर अध्यक्षसहित माओवादी थाहानगरले पदाअधिकारीहरु, सचिवालय, विभाग तथा वडा इन्चार्जहरु पनि तोकेको छ ।

माओवादी थाहानगर कमिटिले दश सदस्यीय सचिवालय बनाएको छ । सचिवालयमा राजीवकुमार स्याङ्तान, ओमकर विष्ट, राधिका रायमाझी, मनोज अधिकारी, इमान थिङ, रुपचन्द्र सापकोटा, कान्छा लामा, रमेश थापा मगर, यादवजंग रायमाझी र नरेश घलान चुनिएका छन् । त्यस्तै स्कूल विभागमा राजीव कुमार स्याङ्तान र आर्थिक विभागमा मंगल बहादुर तामाङ चयन भएका छन् ।

१५ वैशाखको कार्यक्रमबाट थाहा नगरपालिकाको १२ वटै वडाहरुमा इन्चार्ज पनि तोकिएका छन् । वडा नम्बर १ मा सरोज प्रधान, २ नम्बर वडा इन्चार्जमा युवराज विष्ट, ३ नम्बर वडा इन्चार्जमा राजकुमार कार्की, ४ नम्बर वडामा यादवजंग रायमाझी, ५ नम्बर वडा इन्चार्जमा बिनोद लामा, ६ नम्बर वडामा प्रमोद गोपाली, ७ नम्बर वडामा दिपेन्द्र कुमार थिङ, ८ नम्बर वडामा रुपचन्द्र सापकोटा, ९ नम्बर वडामा जयराम जोशी, १० नम्बर वडा रमेश मगर, ११ नम्बर वडा इन्चार्ज मंगल बहादुर मोक्तान र १२ नम्बर वडा इन्चार्जमा नरेश घलान चयन भएका छन् ।

हेर्नुहोस नगर सदस्यहरुको नामावलीः

पालिका प्रेस
थप जानकारी