सामुदायिक वन उपभोक्ता महासंघ नेपाल, स्थानीय महासंघ हेटौंडा उपमहानगरपालिकाको पहिलो स्थानीय परिषद् सम्पन्न भएको छ । स्थानीय महासंघ हेटौंडा उपमहानगर अध्यक्ष शम्भुप्रसाद न्यौपानेको सभाध्यक्षता एवम् हेटौंडा उपमहानगरप्रमुख मीनाकुमारी लामाको प्रमुख आतिथ्यतामा भएको हो ।
कार्यक्रममा बोल्दै नगरप्रमुख लामाले स्थानीय तहलाई अधिकार नहुँदा मध्यवर्ती क्षेत्रको समस्या समाधान गर्न नसकेको बताइन् । ‘वनको सवालमा हामी टुलुटुलु हेर्ने मात्र हो, हामीसँग अधिकार छैन’ उनले भनिन् । वनलाई उत्पादनसँग जोडेर लैजानु पर्ने आजको आवश्यकता भएको उनको भनाई छ । नगर प्रमुख लामाले डढेलो नियन्त्रण तथा आम्दानीको स्रोतको रुपमा सामुदायिक वनक्षेत्रमा फलफूल रोपण अभियान थालिएको बताइन् । उनले सामुदायिक वनले वातावरण संरक्षणसँगै आर्थिक समृद्धिमा पनि योगदान गर्न सक्ने भएकाले हेटौंडा उपमहानगरले आवश्यक सहयोग पु¥याउने प्रतिबद्धता व्यक्त गरिन् ।
महासंघका अध्यक्ष न्यौपानेले विभिन्न सामुदायिक वन उपभोक्ता समूहले सञ्चालन गरिरहेका कार्यक्रम, चूनौती, आगामी दिनमा गर्नुपर्ने कार्य, वन व्यवस्थापनमा भइरहेको प्रगति लगायत विषय समेटिएको सांगठानिक प्रतिवेदन प्रस्तूत गरेका थिए । हाल हेटौंडा उपमहानगरभित्र ६३ वटा सामुदायिक वन उपभोक्ता समूह रहेको उनले जानकारी दिए । यीमध्य १४ वटा सामुदायिक वन मध्यवर्ती क्षेत्रभित्र छन् । १५ हजार तीन सय ९४ हेक्टर बढी क्षेत्रमा फैलिएको स्थानीय महासंघ हेटौंडा उपमहानगरभित्र २१ हजार तीन सय ३७ घरधुरी आबद्ध छन् ।

















































पालिका प्रेस 


















प्रतिक्रिया दिनुहोस्