थानकोट–चित्लाङ सडक खण्डमा सडक कालोपत्रेका लागि रोकिएको यातायात आवागमन खुल्ला भएको छ । २५ बैशाखदेखि ३ दिन सडक पूर्णरुपमा बन्द गरेर कोलो पत्रे गरिएको हो ।

सडक डिभिजन कार्यालय काठमाडौंका साइट इञ्जिनियर रामकुमार श्रेष्ठले तीन दिनसम्म पूर्णरुपमा सडक बन्द गरेर पिच गरिए पनि पिचको काम बाँकी रहने बताए । उनले बीएसपी जेश्री महालक्ष्मी ज्वाइन्ट भेन्चर कम्पनीले २०८१ बैशाख ३१ गते सम्झौता गरी २०८२ बैशाख ३० गते काम सम्पन्न गर्ने गरी जिम्मेवारी पाएकोमा समयमा नै उक्त काम सम्पन्न हुने बताए ।

उनले थानकोटको पानीघाट क्षेत्रदेखि सेतो पहराको तल्लोमोडसम्मको ११ सय मिटरसम्म बाटो सम्याउने देखि कालोसम्म ३ करोड ९३ लाख ५२ हजार ८ सय ४९ रुपैयाँ भ्याटसहितको काम हुने बताए ।

पालिका प्रेस
थप जानकारी