मकवानपुर थाहा नगरपालिका वडा नम्बर ८ देवीस्थानमा बुद्ध पार्कको अनावरण गरिएको छ । २० जेठमा आयोजित एक समारोहकाबीच बागमती प्रदेशका वन तथा वातावरण मन्त्री कृष्ण प्रसाद सिलवालले पार्कको अनावरण गरेका हुन् । कार्यक्रमका प्रमुख अतिथी समेत रहेका मन्त्री सिलवालले अनावरण गर्दै धार्मिक तथा पर्यटकीय दृष्टिले पार्कको महत्व रहेको उल्लेख गरे । पार्कले थाहा–८ को पर्यटकीय आकर्षणमा थप टेवा मिल्ने उनको भनाइ थियो ।

थाहा नगरपालिकाका नगर प्रमुख विष्णु बहादुर विष्टले पालिकाका सबै क्षेत्र पर्यटकीय महत्व रहेको उल्लेख गर्दे बन्दै गरेका संरचनाहरुले पर्यटकहरुलाई आकर्षण गर्ने धारणा राखे । कार्यक्रममा बागमती प्रदेश सभाका सदस्य ज्ञानबहादुर तामाङ, नगर प्रमुख विष्ट, उपप्रमुख भरत गोपाली प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र प्रधानको विशेष आतिथ्यता रहेको थियो ।

कार्यक्रममा स्थानीय बौद्ध धर्मका गुरुहरुले मन्त्रोच्चारण गरी धार्मिक विधि समेत गरेका थिए ।

सो अवसरमा थाहा नगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष हेम कुमार थिङले बुद्धको मूर्ति अनावरण कार्यक्रम सम्पन्न गराउन सहयोग गर्ने सम्पूर्ण राजनीतिक दल, स्थानीय संघसंस्था, बुद्धपार्क निर्माण उपभोक्ता समितिका पदाधिकारीहरु र सम्पूर्ण वडाबासीहरूप्रति आभार व्यक्त गरेका छन् । अध्यक्ष थिङले निर्माण भएको संरचनाको संरक्षण र प्रवद्र्धनमा स्थानीयको भूमिका महत्वपूर्ण हुने उल्लेख गरेका छन् ।

पालिका प्रेस
थप जानकारी