मकवानपुर थाहा नगरपालिका वडा नम्बर ८ र कैलाश गाउँपालिकाको सीमानामा रहेको जुरेथुम पर्यटन पार्कको उद्घाटन गरिएको छ । यो पार्क थाहा ८ सहित कैलाश गाउँपालिकाको ५ र ६ नम्बर वडा क्षेत्रमा पनि फैलिएको छ । यसअघि उक्त स्थानलाई दामगाडे टावर डाँडा नाबाट परिचित सो स्थानमा पार्क बनाइएको हो ।

उद्घाटन अघि सो पार्कमा नेपालको झण्डा, सिमेन्टको कुर्सी र पर्यटकलाई आकर्षित गर्ने अन्य संरचनाहरु निर्माण गरिएको थियो । पार्कको कैलाश गाउँपालिकाका उपाध्यक्ष बालकुमार मल्लले उद्घाटन गरेका हुन् । कार्यक्रममा थाहा नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष हेमकुमार थिङ र कैलाश गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष रामबहादुर गोङ्वाको विशेष आतिथ्यता रहेको थियो । कैलाश गाउँपालिका तथा थाहा नगरपालिका वडा नम्बर ८ को समेत लगानी रहेको सो पार्क उद्घाटन कार्यक्रम सुनिल लामाको सभाध्यक्षतामा भएको हो ।

कार्यक्रममा प्रमुख अतिथि कैलाश गाउँपालिका उपाध्यक्ष मल्लले दुई पालिकाको साझा पर्यटकीय गन्तव्य बनाउनको लागि पार्कले सहयोग पु¥याउने उल्लेख गरे । उनले पालिका–पालिकाबीचको सहकार्यमा विकासका काम गर्न सकिन्छ भन्ने उदाहरण यहि कामले दिएको धारणा राखे । थाहा–८ का वडाध्यक्ष हेम कुमार थिङले स्थानीय जनप्रतिनीधिहरु विकासका लागि अघि सरिरहँदा प्रदेश र संघका नेतृत्वले विकासे काममा सहयोग नगरेको आरोप लगाए । उनले दामन डाँडाबास–दुम्सीखर्क–मनहरी लोथर सडकको स्तरीकरणका लागि आश्वासन बाहेक केही नपाएको दुखेसो गरे । अध्यक्ष थिङले भने–‘ठूला नेताहरु आउँछन् बोल्छन्, काम गर्दैनन्, तर दुःख स्थानीयहरुले पाउने गरेका छन् ।’ कार्यक्रममा सुनिल लामाले यस पार्क निर्माण गर्दै गर्दा धेरै कठिनाइहरू भएता पनि काम सम्पन्न भएकोमा खुशी व्यक्त गरे ।

कार्यक्रममा थाहा नगरपालिका वडा नम्बर ८ की सदस्य कान्छीमाया वाइबा, कैलाश गाउँपालिकाका तुलराज मगर र विभिन्न दलका व्यक्तित्वहरूको उपस्थिती रहेको सो कार्यक्रमका अतिथीहरुलाई स्थानीयले नौमती मगर बाजा बजाएर स्वागत गरेका थिए । कार्यक्रम सञ्चालक सजेश घलानले गरेका थिए ।

पालिका प्रेस
थप जानकारी