मोवाईल एशोसिएसन अफ नेपाल उत्तरी क्षेत्र मकवानपुरको अध्यक्षमा निरज रायमाझी निर्वाचित भएका छन् । २४ जेठमा सम्पन्न ९औँ वार्षिक साधारण सभाबाट रायमाझीको अध्यक्षतामा ९ सदस्यीय नयाँ समिति निर्विरोध निर्वाचित भएको हो ।

सभाले उपाध्यक्षमा गणेश विष्ट, सचिवमा सुबिन्द्रमान प्रधान, कोषाध्यक्षमा पशुपती बिष्ट चयन भएका छन् । यसैगरी सदस्यमा तारा लामा, हिरा रायमाझी, फणीन्द्र नाथ सुुवेदी, माधव पन्थ र प्रमोद रौनियार चयन भएका छन् ।

एशोसिएसनको अध्यक्ष रोशन रायमाझीको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष गोकर्ण बरुवालको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । २०७२ सालमा गोकर्ण बरुवालको अध्यक्षतामा स्थापना भएको म्यान उत्तरी क्षेत्र समितिमा यस अघि रोशन रायमाझी अध्यक्ष रहेका थिए ।

पालिका प्रेस
थप जानकारी