दार्चुलामा गाउँपालिका अध्यक्षकी छोरीको नाम पनि विपन्नको सूचीमा राखेको फेला परेको छ। जिल्लाको दुहुँ गाउँपालिकामा यस्तो भेटिएको हो।

कांग्रेस दार्चुलाका सचिवसमेत रहेका पालिका अध्यक्ष पुलेन्द्रबहादुर कार्कीकी २७ वर्षीया छोरी सावित्री कार्कीको नाम विपन्नको सूचीमा भेटिएको हो। सावित्रीले गरिब घरपरिवारको सूची संकलनमा आफूलाई सामान्य गरिबमा राख्न लगाएको भेटिएको हो।

तर, उनको आर्थिक स्तर तथा अवस्था भने त्यस्तो छैन। सावित्री सोही ठाउँकै हिकिलास्थित स्वास्थ्य केन्द्रमा कार्यरत छन्। उनी त्यहाँ अनमी हुन्। उनका पति पनि नेपाल प्रहरीमा कार्यरत छन्। यस विषयमा सावित्री र उनका बुवा कार्कीसँग सम्पर्कको प्रयास गर्दा सफल हुन सकेन।