मकवानपुर थाहानगरले आफ्नो नीति तथा कार्यक्रममा साँस्कृतिक, प्राकृतिक, चलचित्र र आरोग्यमा आधारित पर्यटन प्रवद्र्धनका कार्यक्रम सञ्चालन गर्ने उल्लेख गरेको छ । थाहा नगरलाई योग ध्यान पर्यटन क्षेत्रको रुपमा विकास गर्न कार्यक्रम सञ्चालन गर्ने पालिकाको नीति छ ।

पर्यटकीय क्षेत्रका अधुरा संरचनाहरुको निर्माण सम्पन्न गर्ने, पर्यटन सूचना केन्द्रको स्थापना र नक्शा सहितको प्रचारात्मक बोर्डहरु राख्ने, पर्यटकीय पूर्वाधार निर्माण गर्दा मौलिक र नवप्रवर्तनलाई प्रोत्साहित गर्ने, “हरेक होटल, एक रैथाने” परिकार कार्यक्रमलाई प्रवद्र्धन गर्ने नगरको नीतिमा समेटिएको छ ।

होटल, रिसोर्ट तथा होमस्टे व्यवसायलाई प्रवद्र्धन तथा नियमन गर्ने, पर्यटकीय क्षेत्र तथा पार्कहरुको पर्यटन प्रवद्र्धनका लागि नीजि क्षेत्रसंग सहकार्य गर्ने, भैंसे सिमभञ्ज्याङ केवलकार सञ्चानलका लागि नीजि क्षेत्रसँग सहकार्य गर्ने थाहा नगरपालिकाको नीति छ ।

थाहा नगरपालिकाको पर्यटन रणनीति गुरुयोजनाको समिक्षा गरि नयाँ रणनीतिहरु निर्माण गरि कार्यान्वयन गर्ने तथा धार्मिक साँस्कृतिक परिपथको विकास गरी पर्यटन सञ्जाल विस्तार गर्ने लगायतको सवालहरु पालिकाले आफ्नो नीतिमा समेटेको छ ।

पालिका प्रेस
थप जानकारी