मकवानपुर थाहा नगरपालिका वडा नम्बर १० टौखेलमा एकदिने बाली उपचार शिविर भएको छ । बाली संरक्षण प्रयोगशाला ललितपुरको आयोजना तथा वडा कार्यालयको समन्वयमा शिविर भएको हो ।
शिविरमा स्थानीय किसानहरुको बालीमा लागेको रोग किराको विषयमा परीक्षण गरिएको थियो । रोग लागेको विरुवाहरु शिविरमा राखिएको प्रयोगशालामा परीक्षण लागि किसानहरुले लगेका थिए । किसानहरुको खेतबारीमा रोपेको बालीको नमुना परीक्षणमा ल्याउनको लागि थाहा नगरपालिका ९ र १० की कृषि प्राविधिक कमला सुवेदीले सजहीकरण गरेकी थिइन् । शिविरमा किसानले ल्याएका रोगी बालीको नमुना बाली संरक्षण प्रयोगशाला अधिकृत सरिता सापकोटा, कृषि प्राविधिकहरु दिपेन्द्र प्रसाद कुश्वाह, सुमला राई तथा थाहा नगरपालिकार्की कृषि प्राविधिक सुवेदीले परीक्षण गरेका थिए ।

शविरमा गोलेभेडा, भेडे खुर्सानी, भण्टालगायतको बालीमा लागेको रोगकिराको परीक्षण गरिएको थियो । शिविर किसानहरुको आवश्यकतामा आधारित भएको बताइएको थियो । यसरी प्रयोगशाला मार्फत रोग किराको विषयमा जानकारी पाउँदा बाली उपचार तथा किरा नियन्त्रणमा सहयोग पुगेको किसानहरुले प्रतिक्रिया दिएका थिए । शिविरमा आएका किसानहरुलाई बाली उपचारमा प्रयोग हुने केही ढुसीनाशक, किरानाशक तथा टुटा नियन्त्रणका विषादी तथा सामग्रीहरु पनि वितरण गरिएको थियो ।

थाहा नगरपालिका १० नम्बर वडा कार्यालयमा भएको शिविरमा वडाध्यक्ष हिरा बहादुर गमाल, वडा सदस्यहरु बिनोद बस्नेत, उत्तम गोपाली, भक्ती परियार तथा शर्मिला बस्नेलगायतकाको उपस्थिती रहेको थियो ।



















































पालिका प्रेस 












प्रतिक्रिया दिनुहोस्