मकवानपुरको कैलाश गाउँपालिका वडा नम्बर ८ भार्तामा १० दिने हातेट्याक्टर मर्मत तालिम प्रदान गरिएकाहरुलाई टुल्स प्रदान गरिएको छ ।
लघु उद्यम विकास कार्यक्रम(मेड्पा) ले १६ जनालाई तालिम दिएको थियो । सीप तालिम पश्चात प्रविधि हस्तान्तरण गरिएको छ । एडभान्स हाते ट्याक्टर मर्मत तालिम पश्चात समूहमा प्रविधि हस्तान्तरण गरिएको हो । तालिम गत चैत्र २९ गतेदेखि १० दिन सञ्चालन भएको गाउँपालिका उद्यम विकास शाखा प्रमुख प्रमिला अर्यालले बताईन् ।
तालिममा सहभागी भएका सबै १६ जनालाई ट्याक्टर मर्मत गर्ने टुल्स व्याग प्रदान गरिएको उनले बताइन् । एक लाख ६० हजार लागतको टुल्सहरु वितरण गरिएको र अब बिग्रिएका हाते ट्याक्टर मर्मत गरी उनीहरुले आय आर्जन गर्ने उनले बताइन् ।
वडा नम्बर ८ का वडाध्यक्ष आशिष प्रजाको अध्यक्षतामा उक्त टुल्सहरु वितरण गरिएको थियो । अध्यक्ष प्रजाले बिग्रिएका हाते ट्याक्टरहरु मर्मत गरी आफ्नो सीपलाई निर्खान आग्रह गरेका थिए । कार्यक्रममा वडा सचिव प्रकाश अर्याल, उद्यम विकास शाखा प्रमुख प्रमिला अर्याल, कृषि प्राविधिक प्रताप थिङ, प्राविधिक रुपक मल्ललगायतको उपस्थिति रहेको थियो ।

















































पालिका प्रेस 













प्रतिक्रिया दिनुहोस्