जिल्लामा ८६ हजार भेडा–बाख्रालाई पिपिआरविरुद्धको खोप लगाइएको छ । महामारीजन्य रोग पिपिआरबाट जोगाउन जिल्लाका ९ स्थानीय तहका नागरिकका घरपालुवा जनावर बाख्रा र भेडालाई खोप लगाइएको हो ।

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कञ्चनपुरका सूचना अधिकारी शंकरदत्त जोशीका अनुसार चालू आवको दोस्रो चौमासिकमा भेडा, बाख्रामा लाग्ने पिपिआर महामारी रोगविरुद्ध सो खोप लगाइएको हो ।

भेडा र बाख्राबाट मासुजन्य पदार्थ मानिसले उपभोग गर्ने भएकाले खोप लगाएका भेडा र बाख्राको मासु उपभोग गर्दा लाभदायक हुने उनले बताए ।  ‘चालू आवमा ९० हजार भेडा बाख्रलाई पिपिआर खोप लगाउने लक्ष्य छ,’ उनले भने, ‘दोस्रो चौमासिकमै ८६ हजारलाई खोप लगाइसकेका छौँ । अभियान निरन्तर जारी रहन्छ ।’ एक पटक खोप लगाइसकेपछि ३ वर्षका लागि ढुक्क हुने उनको भनाइ छ ।

पालिका प्रेस
थप जानकारी