मकवानपुर थाहा नगरपालिकाले किसानहरुलाई बायोटिन चूनमा ५० प्रतिशत अनुदान दिने भएको छ । नगरपालिकाको कृषि विकास शाखाले ६ भाद्रमा सूचना प्रकाशन गरी अनुदानका लागि प्रस्ताव आव्हान गरेको हो ।
आर्थिक वर्ष २०८२/८३ स्वीकृत बार्षिक कार्यक्रम अनुसार ५० प्रतिशत अनुदान दिइने चूनका लागि कृषक समुह, कृषि सहकारी र कृषि फर्महरुले सूचना प्रकाशित मितिले ३० दिनभित्र दरखास्त दिन सक्ने सुचनामा उल्लेख गरिएको छ ।
यसैबीच थाहा नगरपालिकाले औद्योगिक प्रयोजनका लागि व्यवसायिक आलु उत्पादन कार्यक्रमका लागि पनि प्रस्ताव आव्हान गरेको छ । यस कार्यक्रम सञ्चालन गर्न पनि ३० दिने म्याद दिएर ६ भाद्रमै सूचना आव्हान भएको छ ।
यि अनुदान तथा कार्यक्रमममा सहभागी हुनका लागि किसानले अध्यक्ष वा प्रोपाइटरको नाम, मोबाइल नम्बर र समुह÷सहकारी ÷ फर्मको पान नं. अनिवार्य उल्लेख भएको लेटरहेडमा लेखिएको निवेदनका साथै दर्ता प्रमाणपत्रको दुबैतिर देखिने गरी एकप्रति, बैठकको निर्णय, कर चुक्ता प्रमाणपत्रको प्रतिलिपि, पान प्रमाणपत्रको प्रतिलिपीलगायतको कागजात पेश गर्नुपर्ने सूचनामा उल्लेख छ ।



















































पालिका प्रेस 












प्रतिक्रिया दिनुहोस्