देशभरका पालिकाले प्रयोग गर्दै आएको स्थानीय तह संचित कोष व्यवस्थापन प्रणाली (सुत्र) मा समस्या आएपछि स्थानीय तहहरुले कर्मचारीलाई तलब समेत दिन समस्या भएको छ ।
हाल सबै निकायले एकसाथ प्रणाली संचालन गर्दा अत्याधिक चाप रहेको, वडादशैको कारण सबै प्रकारका निकासाहरु र खर्च प्रणालीको काम हुदा प्रयोगकर्ता वढी भएको र प्रतिवेदन तयारी एवम लेखापरीक्षणको काम भइरहेको पालिकाहरुको कर छुट अवधिका कारण करदाताहरु कर तिर्ने चाप अति रहेको जस्ता कारणले सुत्र प्रणालीमा समस्या आएको महालेखा महालेखा नियन्त्रक कार्यालयले सूचना जारी गरी जानकारी दिएको छ ।
महालेखाले यस्तो सुचना जारी गरेपछि महालेखा नियन्त्रकको कार्यालयका प्रवक्तासमेत रहेका सहमहालेखा नियन्त्रक दीपक लामिछानेसँग सम्पर्क गरी दसैँअघि नै सहज रुपमा सुत्र चलेर स्थानीय तहका कर्मचारीले तलब खान पाउँछन् भनेर सोधेको प्रश्नमा प्रवक्ता लामिछानेले अबको केही दिनमा नै समस्या समाधान भइसक्ने बताए ।

‘अहिले देखिएको मुख्य समस्या भुक्तानी गर्दा भुक्तानी गर्नेको बैंक खाताबाट रकम घट्ने तर जम्मा हुनुपर्नेको खातामा रकम जम्मा नहुने हो । भोलि विहान (असोज ८ गते) सम्म बाँकी रहेका चेकको समस्या समाधान भइसक्छ । हाम्रो प्राविधिक टीम २४ सै घण्टा सक्रिय भएर समस्या समाधानको पहल गरिरहेको छ । केही दिनभित्रमा सबै समस्या समाधान हुन्छ,’ लामिछानेले भने ।
उनले दसैँअघि नै सुत्रमा देखिएको समस्या समाधान हुने र स्थानीय तहका कर्मचारीले दसैँअघि नै तलब लिन समस्या नहुने उनले जानकारी दिए ।
















































पालिका प्रेस 




प्रतिक्रिया दिनुहोस्