चितवनको रत्ननगर नगरपालिले किसानहरुलाई काउ म्याट वितरण गरेको छ । शुक्रबार एक कार्यक्रमको आयोजना गरि रत्ननगर नगरपालि वडा नं १६ का व्यवसायिक पशु पालन गर्ने ४० किसानलाई काउ म्याट वितरण गरेको हो ।

आर्थिक वर्ष २०७८/७९ को वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत ५० प्रतिशत अनुदानमा रत्ननगर नगरपालिकाका किसानलाई काउ म्याट वितरण गरिएको हो । काउ म्याट पाएसँगै किसान खुसी भएका छन् । म्याट ओछ्याएपछि पशुलाई न्यानो हुने, बिरामी नहुने र भर्खर जन्मेका बाछाबाछी, पाडापाडीलाई चिसोबाट जोगाीने नगरपालिकाले जनाएको छ ।

पालिका प्रेस
थप जानकारी