मकवानपुर थाहा नगरपालिकामा कृषकहरूको सीप तथा प्राविधिक क्षमता अभिवृद्धि गर्ने उद्देश्यले दिइएको दुईदिने बाख्रापालन तथा व्यवस्थापन सम्बन्धी तालिम भएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालय, अनुसन्धान तथा प्रसार निर्देशनालय, रामपुर चितवनको आयोजना तथा नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) अन्तर्गत राष्ट्रिय पशु प्रजनन तथा आनुवंशिक अनुसन्धान केन्द्र, खुमलटार ललितपुरको सहकार्यमा तालिम १२ र १३ पुसमा तालिम भएको हो ।
तालिम थाहा नगरपालिका वडा नं. १, ४ र ५ का पशुपालक कृषकहरूलाई लक्षित गरी आयोजना गरिएको हो । बाख्रापालनमा देखिने समस्या, वैज्ञानिक व्यवस्थापन, रोग नियन्त्रण, पोषण व्यवस्थापन, प्रजनन प्रविधि तथा उत्पादन वृद्धि सम्बन्धी विषयमा सहभागी कृषकहरूलाई व्यवहारिक र प्राविधिक जानकारी प्रदान गरिने आयोजकले जनाएको छ।

तालिममा कृषि तथा वन विज्ञान विश्वविद्यालय, अनुसन्धान तथा प्रसार निर्देशनालयका निर्देशक प्राध्यापक डा. निराजन भट्टराईको विशेष उपस्थिती रहेको थियो । कार्यक्रममा नार्क अन्तर्गत पशु तथा मत्स्य अनुसन्धान निर्देशनालयकी निर्देशक एवं प्रमुख वैज्ञानिक डा. नीना अमात्य गोर्खाली, वैज्ञानिक डा. सरोज सापकोटा तथा बरिष्ठ प्राविधिक अधिकृत भोजराज पोख्रेलले सहजीकरण गरेका थिए ।
तालिमले स्थानीय कृषकहरूको उत्पादन क्षमता बढाउनुका साथै व्यावसायिक पशुपालनतर्फ आकर्षित गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ । सहभागीहरुलाई १३ पुसमै थाहा नगरपालिका– १, ओखरबजार स्थित कृषि विज्ञान केन्द्रमा एक कार्यक्रमकाबीच किसानहरुलाई प्रमाणपत्र पनि वितरण गरिएको छ ।

रैथाने खरी जातको बाख्राको अनुवंशिक श्रोत संरक्षणका लागि किसानहरुले चासो दिएका थिए । थाहा नगरपालिका क्षेत्र रैथाने खरी जातका बख्राको श्रोतका लागी प्रशस्त सम्भावना उक्त ठाउँ भएको बताउँदै कृषि विज्ञान केन्द्रकी सानु गौतमले नेपाल सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालय, पशु सेवा विभाग, बगमती प्रदेश कृषि मन्त्रालय पशुपन्छी तथा मत्स्यबिकास निर्देशनालय ,नेपाल कृषि अनुसन्धान परिषद र थाहा नगरपालिका कार्यालय, हेफर इन्टरनेसनल लगायत अन्य सरोकारवाला निकायहरुसंग समेत हातेमालो गर्दै अगाडि बढ्ने विश्वास व्यक्त गरिन् ।

















































पालिका प्रेस 












प्रतिक्रिया दिनुहोस्