राष्ट्रिय योजना आयोगले आर्थिक वर्ष २०८३/०८४ मा कार्यानवयन गरिने समपूरक र विशेष योजनाहरु सिफारिस गरेको छ । यस अन्तर्गत आयोगले मकवानपुरमा समपूरक योजनातर्फ ९ वटा पालिकाको लागि १२ वटा योजना सिफारिस गरेको छ । सिफारिस भएका मध्ये ८ वटा नयाँ र ४ वटा क्रमागत योजना रहेका छन् । जिल्लाको दश मध्ये हेटौंडा उपमहानगरपालिकाको लागि समपूरक योजना सिफारिस भएको छैन । अरु ९ पालिकाले योजना पाएका छन् ।

इन्द्रसरोवर गाउँपालिकाको बागेश्वरी खोरङ टेकर देउराली सडकका लागि ६० लाख विनियोजन भएको छ । कुल लागत अनुमान ३ करोड १२ लाख रहेको उक्त योजना सम्पन्न हुने अवधि २ वर्ष तोकिएको छ । थाहा नगरपालिकाले सरस्वती बजार बुढीचौर सडकका लागि १ करोड ३ लाख सिफारिस भएको छ । २ वर्षमा सम्पन्न हुने लक्ष्य रहेको यस सडकको कुल लागत अनुमान ३ करोड ८० लाख रहेको छ ।

कैलाश गाउँपालिकाले समपूरकमा २ वटा योजना पाएको छ । कैलाशको फास्टार सुकुभन्ज्याङ मोटरबाटो स्तरीकरणका लागि १ करोड ८९ लाख विनियोजन भएको छ । यो क्रमागत योजनाको रुपमा रहेको यस योजनाको कुल लागत ४ करोड छ । यो योजनालाई २ वर्षमा सम्पन्न गर्ने लक्ष्य लिइएको छ । कैलाश गाउँपालिकाको ४ करोड कुल लागत रहेको लिक्चे ध्यान्सीटार नेवारपानी मोटरबाटोको लागि पनि बजेट पाएको छ । यस नयाँ योजनालाई आगामि आर्थिक वर्ष २०८३÷०८४ का लागि ७० लाख बजेट विनियोजन भएको छ । राक्सिराङको घोरकोटे अठारे कान्सीराङ धादिङ सडकका लागि १ करोड २९ लाख बजेट विनियोजन भएको छ । कुल लागत २ करोड रहेको यो क्रमागत योजना २ वर्षमा सम्पन्न हुने लक्ष्य छ । त्यस्तै राक्सिराङमै रतुवा गिँगु वडा कार्यालय ठूलो टोड्के गैजुराङ सकड स्तरीकरणका लागि ५५ लाख बजेट विनियोजन भएको छ । यस नयाँ योजनाको लागि ३ करोड लागत अनुमान छ ।

मनहरी गाउँपालिकाको लोथर पाङथली जोड्ने मोटरबाटो मनहरी ६ का लागि २६ लाख बजेट सिफारिस भएको छ । २ वर्षमा निर्माण सक्ने लक्ष्य लिइएको यस सडकको कुल लागत २ करोड रहेको छ । भीमफेदी गाउँपालिकाको लागि २ वटा समपूरक योजना सिफारिस भएका छन् । सिफारिस भएका मध्ये क्रमागत योजना महाभीर फाप्लाङ सडक स्तरोन्नती रहेको छ । कुल लागत ६ करोड ६६ लाख रहेको यस सडकका लागि आगामि आर्थिक वर्षका लागि १ करोड २० लाख सिफारिस भएको छ भने भीमफेदीकै नयाँ योजना रानीखोला धामीडाँडा रानीभनज्याङ सडक स्तरोन्नतीका लागि ८५ लाख विनयोजन भएको छ । यस योजना ३ वर्षमा निर्माण सक्ने लक्ष्य छ भने कुल लागत अनुमान ६ करोड ९५ लाख रुपैयाँ रहेको छ ।

मकवानपुरगढी गाउँपालिकाको शिखरकटेरी मक्रामन्चुली हुँदै भन्ज्याङ मनकामना पुल तथा पिपलबोट सोल्टीमोड लामीडाँडा शिखरकटेरी सडकका लागि ६५ लाख विनियोजन भएको छ । यो नयाँ योजना हो भने यसको कुल लागत ४ करोड रहेको छ । यो सडक २ वर्षमा निर्माण सक्ने लक्ष्य लिइएको छ । बकैया गाउँपिालिकालेको लागि नयाँ योजनाको रुपमा पाङदुरे हुँदै विजलडाँडा महेन्द्र राजमार्ग जोड्ने सडकको लागि ७० लाख विनियोजन भएको छ । कुल ७ करोड लागत अनुमान रहेको यस योजना ३ वर्षभित्र निर्माण सक्ने लक्ष्य रहेको छ । त्यस्तै बागमती गाउँपालिकाको झुरझुरे कबर्डहल निर्माण निरन्तरता शीर्षको योजनालाई ३० लाख बजेट विनियोजन भएको छ । कुल १ करोड ६५ दलाख लागत रहेको यस योजना २ वर्षमा निर्माण सक्ने लक्ष्य लिइएको छ ।

यसैबीच मकवानपुरको भीमफेदी र थाहा नगरपालिका बाहेक अरु ८ वटा स्थानीय तहका लागि विशेष अनुदान सिफारिस भएको छ । विशेष अनुदानतर्फ ७ वटा नयाँ र २ वटा क्रमागत योजना रहेका छन् । इन्द्रसरोवर गाउँपालिकाको राकश खोलादेखि पौवा खोलासम्म घट्टेखोलादेखी महालक्ष्मीखोला दोभानसम्म तटबन्धन निर्माण योजनाका लागि १ करोड ३५ लाख बजेट विनियोजन भएको छ । ३ करोड लागत अनुमान रहेको यस नयाँ योजनाको निर्माण सक्ने अवधि २ वर्ष रहेको छ ।

कैलाश गाउँपालिकाको चेपाङ तथा अति विपन्न समुदायका लागि पोषण सुधार कार्यक्रमका लागि १ करोड विनियोजन भएको छ । आगामि वर्ष मात्र संचालन गर्ने लक्ष्य रहेको यस योजना पालिकाको नयाँ योजना हो । राक्सिराङ गाउँपालिकाको चेपाङ बालबालिकाको लागि गुणस्तरीय प्रारम्भिक बालविकास तथा आधारभूत शिक्षा सुधार कार्यक्रमका लागि ७५ लाख विनियोजन भएको छ । क्रमागत रुपमा रहेको यस योजनाको कुल लागत ३ करोड रहेको छ ।

राक्सिराङकै किशोरी गर्भवती न्यूनिकरण तथा चेपाङ समुदाय लक्षित पोषण सुधार परियोजनाका लागि ४५ लाख रुपैयाँ बजेट विनयिोजन भएको छ । उक्त योजनाको १ करोड लागत अनुमान रहेको यो नयाँ योजना हो । यसको कुल लागत अनुमान १ करोड रहेको छ । मनहरी गाउँपालिकाको डोठे सिद्धकाली सिंचाइ आयोजना योजनाको लागि ९० लाख बजेट सिफारिस भएको छ । नयाँ योजनाको रुपमा अघि बढाइएको यस योजनाको कुल लागत अनुमान २ करोड रहेको छ ।

हेटौंडा उपमहानगरपालिकाको लागि भोर्ले लिफ्ट सिंचाइ आयोजना विशेष अनुदानका लागि सिफारिस भएको छ । ५ करोड कुल लागत अनुमान रहेको यस योजनाको लागि आगामि आर्थिक वर्षका लागि १ करोड ६७ लाख विनियोजन भएको छ । नयाँ योजनाको रुपमा रहेको यसको सम्पन्न गर्ने अवधि ३ वर्ष रहेको छ । मकवानपुरगढी गाउँपालिकाको रानीशेरा खानेपानी योजनाको लागि ७५ लाख बजेट विनियोजन भएको छ । आगामि आर्थिक वर्ष नै सम्पन्न हुने गरी तर्जुमा गरिएको यो योजना नयाँ हो । बागमती गाउँपालिकाको गुन्द्रुकखोला खानेपानी आयोजनाका लागि २ करोड २९ लाख बजेट सिफारिस भएको छ । ४ करोड ९९ लाख बजेट अनुमान गरिएको यस योजना ३ वर्षमा सकिने अनुमान छ । बागमतीकै बागमती गुणस्तरीय शिक्षा एवं विद्यालय सूचना प्रविधिी सहयोग परियोजना निरन्तरताको लागि ६१ लाख बजेट विनियोजन भएको छ । सो योजना २ वर्षमा सक्ने लक्ष्य लिइएको छ भने कुल लागत १ करोड ३५ लाख रहेको छ । यो बागमती गाउँपालिकाले नयाँ योजना पेश गरेको हो ।

सुरजकुमार भुजेल
surajkhabar@gmail.com
थप जानकारी