रसुवा बाढीपीडितका लागि राहत तथा उद्दारका लागि हेटौंडा स्कुल अफ म्यानेजमेन्टले प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा २० लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ ।

म्यानेजमेन्टका प्रिन्सिपल पुरनबहादुर जोशीले म्यानेजमेन्टको तर्फबाट १५ लाख रुपैयाँ र प्राध्यापक तथा कर्मचारीको तर्फबाट ५ लाख रुपैयाँ गरी २० लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेका हुन् । ‘विपद्को बेला सबैले हातेमालो गर्नुपर्छ । सरकारले सहयोगका लागि आव्हान गरेपछि हाम्रो तर्फबाट पनि केही सहयोग गर्ने निर्णय गरेका छौं’, प्रिन्सिपल जोशीले भने, ‘संस्थागत रुपमा १५ लाख रुपैयाँ र प्राध्यापक, कर्मचारीको तर्फबाट ५ लाख रुपैयाँ गरी २० लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेका छौं ।’ सहयोग रकम सोमबार बैंक खुलेपछि कोषमा जम्मा गरि दिने र सोको जानकारी जिल्ला प्रशासन कार्यालयमार्फत् प्रधानमन्त्री कार्यालयलाई गराउने प्रिन्सिपल जोशीले बताए ।

रसुुवा बाढीपीडितको राहत तथा उद्दारका लागि मकवानपुरबाट बिहीबारदेखि नै संस्थागत र व्यक्तिगतरुपमा सहयोगको क्रम जारी छ ।

पालिका प्रेस
थप जानकारी