भोटेकोशी बाढीबाट नुवाकोट, रसुवा र धादिङलगायत जिल्लामा ठूलो जनधनको क्षति भएकाले थाहा नगरपालिकामा यसवर्ष रोपाई (हिले) जात्रा र कृष्णाजन्माष्टमी अवसरमा आयोजना गरिने मेला स्थगित गरिएको छ भोटेकोशीको बाढीपछि थाहा नगरका २० जना भन्दा बढी सम्पर्कविहीन छन् ।
ठूलो विपद्का बेला मनोरञ्जन, प्रहसन गर्नु र जात्रा मनाउन उपयुक्त नहुने भन्दै थाहा नगरका नेवार समुदायले रोपाइँजाक्राका सबै कार्यक्रम स्थगित गरेका हुन् । पालुङ नेवा सस्कृति सम्वद्र्धन गुठीका अध्यक्ष निरन्जन श्रेष्ठकाअनुसार मुलुक शोकमा डुबेको अवस्थामा हिले जात्रा गर्नु उपयक्त नभएकाले स्थगित गरेका हौं ।
यहाँका नेवार समुदायले हरेक वर्ष गाईजात्राको पर्सीपल्ट हिलेजात्रा निकाल्दै आएका छन् । बाढीकै कारण थाहा नगरपालिकामा कृष्णाजन्माष्टमीका अवसरमा मनाइँदै आएको तीन दिने मेला पनि स्थगित गरिएको छ ।













































पालिका प्रेस 







प्रतिक्रिया दिनुहोस्