मकवानपुर थाहा नगरपालिकाका अन्तर्गतका महिला जनप्रतिनीधिहरुलाई उद्घोषण/भाषण कला तथा नेतृत्व तथा क्षमता विकास तालिम दिइएको छ ।

थाहानगरको महिला बालबालिका जेष्ठ नागरिक तथा अपांग परिचयपत्र वितरण शाखाको आयोजनामा भएको तालिममा पालिका अन्तर्गतका महिला जनप्रतिनीधिहरुको सहभागिता रहेको शाखा प्रमुख प्रतिमा मोक्तानले बताइन् ।
तीन दिनसम्म शिखरकोटको संचालन भएको तालिमका सहभागीहरुलाई सुशिल गिरी र नवराज थापाले सहजीकरण गरेका थिए ।

तालिम समापन कार्यक्रम थाहा नगरपालिका सामाजिक विकास समितिका संयोजक तथा वडा नम्बर ११ का वडा अध्यक्ष किरणमान बलको सभाध्यक्षतामा भएको थियो । समापन कार्यक्रममा सामाजिक विकास समितिका उय संयोजक विष्णु बहादुर गुरुङ, कार्यपालिका सदस्यहरु जानुका ढकाल, कविता कार्की, सुन्तलीमायाँ गुरुङलगायतकाको आतिथ्यता रहेको थियो ।

सहभागीहरुले तालिम निकै प्रभावकारी भएको प्रतिक्रिया दिएका थिए । उनीहरुले सिकेको सीपलाई व्यवहारमा उतार्ने प्रतिवद्धता व्यक्त गरेका छन् । स्थानीय तहको निर्वाचन नजिकीदै गर्दा यस किसिमको तालिमले सभा सम्मेलनमा समेत सहयोग पुग्ने सहभागी समेत रहेकी सुन्तलीमायाँ गुरुङले बताइन् । तालिमले व्यक्तिगत रुपमा पनि निकै फाइदा पुगेको सहभागहिरुको भनाइ थियो ।

पालिका प्रेस
थप जानकारी