मकवानपुरका स्थानीय तहका प्रमुख/उपप्रमुखहरुले बितेको ५ वर्षमा जिल्ला समन्वय समिति (जिसस) मकवानपुरले अभिभावकाको भुमिका निर्वाह गरेको बताएका छन् । जिसस मकवानपुरद्धारा २१ चैतमा आयोजित स्थानीय तह समन्वय बैठकमा सहभागि स्थानीय तहका प्रमुख÷उप्रमुख, प्रमुख प्रशासकिय अधिकृतलगायत सहभागिहरुले मकवानपुरको समृद्धि र विकासकालागि जिसस मकवानपुरले मार्गदर्शकको रुपमा भुमिका निर्वाह गरेको बताएका हुन् ।

जिसस मकवानपुरका प्रमुख रघुनाथ खुलालको अध्यक्षतामा बसेको बैठकमा थाहा नगरपालिकाका मेयर लवशेर विष्टले जिससले पारदर्शी र सहयोगीको भुमिका निर्वाह गरेको बताए । जिससबाट सधैं स्थानीय तहलाई सकारात्मक उर्जा प्रदान भएको भन्दै वितेको ५ वर्षमा स्थानीय तहलाई सबल र सक्षम बनाउनमा जिससको भुमिका प्रशंसनिय रहेको बताए । यस्तै थाहा नगरपालिकाका उपमेयर खड्ग गोपालीले हरेक क्षेत्रमा जिससबाट पक्षपात रहित साथ र सहयोग प्राप्त भएको बताए ।‘जिसस नेतृत्व भन्दा हामी फरक दलबाट निर्वाचित भएपनि कहिल्यै हामीले त्यस्तो महशुस गरेनौं ।” उनले भने ।

कार्यक्रममा मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष बिदुर हुमागाईले जिससको भुमिका सहजकारी र सन्तोषजनक रहेको बताए । स्थानीय तहमा कति पय समस्याहरु आउँदा त्यसको समाधानका लागि जिससले महत्वपूर्ण भुमिका निर्वाह गरेको उनको भनाई थियो । यस्तै मनहरी गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीले जिससले सधैं अभिभावको भुमिका निर्वाह गरेको बताए । समन्वय र सहजिकरणका साथै जिससलाई अधिकार थपेर जिल्लाकै अभिभावकको रुपमा विकास गर्नु पर्ने उनको भनाई थियो ।
कार्यक्रममा ईन्द्रसरोवर गाउँपालिकाकी उपाध्यक्ष उमाकुमारी लामाले अनुगमन र समन्वयमा जिसस मकवानपुरले अब्बल काम गरेको भन्दै धन्यवाद दिइन् । कैलाश गाउँपालिकाकी कार्यबाहक अध्यक्ष सुकुमाया थिङले जिससबाट अनुगमन लगायत विकास निर्माणमा सहजिकरण हुनुका साथै स्थानीय तहलाई सचेत बनाएको बताइन् । हरेक क्षेत्रमा जिससबाट सहयोग प्राप्त भएको उनको भनाई थियो । भीमफेदी गाउँपालिकाकी उपाध्यक्ष पार्बती रानाले प्राप्त अधिकार अनुसार जिसस मकवानपुरले प्रभावकारी काम गरेको बताइन् । जिससबाट सधैं उपर्युक्त दिशा निर्देश हुनुका साथै समन्वय प्राप्त भएको उनको भनाई थियो । उनले देशका अन्य जिससको तुलनामा जिसस मकवानपुरले अब्बल काम गरेको समेत उनले बताइन् ।

कार्यक्रममा वरिष्ट पत्रकार प्रताप बिष्टले अहिलेका जनप्रतिनिधिहरु संस्थापक भएको भन्दै संस्थापक भएकोमा गर्व गर्नुपर्ने बताए । उनले जिसस मकवानपुरले संस्थापक हुँदै जिल्लाका स्थानीय तहलाई दिशानिर्देश गर्नमा अब्बल भुमिका निर्वा गरेको उनको भनाइ थियो । उनले जिल्लामा एउटा मार्ग कोरीएको र आगामी दिनमा आउने जनप्रतिनिधिले सोहि मार्गमा रहि काम गर्ने वातावरण बनेको समेत बताए । कार्यक्रममा गैसस महासंघका केन्द्रिय सचिव बुद्धशरण लामाले जिससले हरेक क्षेत्रमा उत्तम समन्वय गरेको पाईएको बताए । यस्तै गैसस मकवानपुरका अध्यक्ष डा. कृष्ण धितालले बितेको ५ वर्षमा जिससबाट सौहार्दपूर्ण वातावरण प्राप्त भएको उल्लेख गरे ।

कार्यक्रममा जिसस मकवानपुरका प्रमुख रघुनाथ खुलालले सबैको साथ र सहयोगबाट मात्र जिससले काम गर्न सकेको भन्दै यसका लागि सबैलाई धन्यवाद व्यक्त गरे । उनले स्थानीय तहलगायत सबै सरोकारवालाको साथ र सहयोग साथै सकारात्मक भुमिकाका कारण स्रोत साधनको अभावमा पनि थुप्रै काम गरेको भन्दै केहि अधुरा काम जस्तै सरुवा रोग अस्पतालका लागि रकम विनियोजन गरेर पनि केहि कारणले काम अगाडी बढाउन नसकेकोमा दुख व्यक्त गरे ।

यस्तै उपप्रमुख भगवती पुडासैनीले स्थानीय तहबाट सकारात्मक सकयोग प्राप्त भएको बताइन् । कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महत, बागमती गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत राम प्रसाद सापकोटा, राक्सिराङ गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत देवचन्द्र गर्तौला, जिससका शाखा अधिकृत सुनिता कुमारी गजुरेललगायतको सहभागिता थियो ।

पालिका प्रेस
थप जानकारी