मकवानपुर भिमफेदी गाउँपालिकाको आयोजनामा दुई दिवसीय सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता सम्बन्धी अभिमुखीकरण कार्यक्रम २६ चैतमा सम्पन्न भएको छ । पालिकाको सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता प्रणाली सुदृढीकरण आयोजना इकाईले व्यवस्थापन गरेको तालिममा वडाका जनप्रतिनिधी, वडा सचिव, सहायकहरु लगाएतको सहभागिता रहेको एमआइएस अपरेटर सृजना स्याङ्तानले बताइन् ।

तालिम पालिकाको वडा नम्बर ६ का अध्यक्ष सीताराम थापाको सभाध्यक्ष्तामा समापन कार्यक्रम भएको थियो । कार्यक्रममा अध्यक्ष थापाले यस अभिमुखिकरण तालिमले वडा कार्यालयमा काम गर्ने कर्मचारीहरूलाई सहयोग मिलेको बताए । उनले नीति नियममा र सिस्टममा परेको समस्याको समाधान भएको पुर्ण विश्वास भएको बताए ।

गाउँपालिकाको सभाहलमा संचालन भएको तालिमका सहभागीहरुलाई थाहा नगरपालिकाको पञ्जिकरण शाखा प्रमुख सुरज कुमार भुजेल, राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका एम.आइ.एस. तालिम प्रदिप बुढाथोकी र छवि लाल न्यौपानेले सहजिकरण गरेको फिल्ड सहायक मनोज तितुङले जानकारी दिए ।

 

पालिका प्रेस
थप जानकारी