नेकपा एमालले आउँदो बैशाख ३० गते हुने स्थानीय निर्वाचनमा मकवानपुरको मकवानपुरगढी गाउँपालिकाको अध्यक्षमा वर्तमान अध्यक्ष विदुर हुमागाईलाई नै उठाउने भएको छ ।

एमाले मकवानपुरगढी गाउँपालिका कमिटीको २७ चैतमा भएकाे बैठकले स्थानीय तहको निर्वाचनमा गाउँपालिकाको अध्यक्षमा हुमागाईलाई सर्वसम्मत सिफारिस गर्ने निर्णय गरेको छ ।

यसैगरि,बैठकले गाउँपालिकाको उपाध्यक्षमा सन्तु थिङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । २०७४ मा भएको स्थानीय निर्वाचनमा गाउँपालिकाको अध्यक्ष तथा उपाध्यक्ष दुबैमा एमालेका उम्मेद्वार विजयी भएका थिए ।

पालिका प्रेस
थप जानकारी