नेकपा एमालेमा हेटौंडा उपमहानगरपालिकाको लागि मेयर पदमा ९ जना आकांक्षी भएका छन्। उपमेयरमा भने ७ जनाको दाबी रहेको छ । आउँदो बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि दाबी पेश गरेकाहरुबीच एमाले हेटौंडा नगर कमिटीको बैठकबाट निर्णय हुन नसकेको नगर कमिटिले जनाएको छ ।
मेयर र उपमेयर पदका उमेद्वार सर्वसम्मत हुन नसकेपछि आकांक्षीहरुको नामावली जिल्ला कमिटिमा पठाइने भएको छ । बैठकले मेयरका लागि वर्तमान मेयर हरिबहादुर महत, एमाले केन्द्रीय सदस्य एवं मकवानपुर ईन्चार्ज रामेश्वर राना, एमाले जिल्ला अध्यक्ष एकालाल श्रेष्ठ, एमाले नेताहरु रघुनाथ खुलाल, अनन्त पौडेल, मदन दाहाल, ध्रुव चौलागाईं, विके महर्जन, गणेशकुमारी प्रधानलाई सिफारिस गर्ने निर्णय गरेको छ । त्यस्तै उपमेयर पदका लागि सुमित्रा काफ्ले, मेनुका दाहाल, सीता बिष्ट, प्रतिमा श्रेष्ठ, आरती पाठक, रमिला सापकोटा र इन्द्र नेपाललाई सिफारिस गर्ने निर्णय गरेको छ ।
सर्वसम्मत् उम्मेदवार छनोटका लागि भएको प्रयास असफल भएसँगै आकांक्षी उम्मेदवारको नाम सिफारिस गरिएको हो । उक्त सिफारिस जिल्ला, प्रदेश हुँदै केन्द्रीय कमिटीमा पुग्नेछ ।


















































पालिका प्रेस 







प्रतिक्रिया दिनुहोस्