मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा सञ्चालित अन्तर माध्यमिक विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगितामा कालिका माध्यमिक विद्यालयका छात्रा सिम्रिका डिम्डुङ प्रथम हुन सफल भएकी छिन ।

इन्द्रसरोवर गाउँपालिकाको सामाजिक सुरक्षा तथा पञ्जीकरण शाखाको आयोजनामा चैत्र २७ गते आइतबार सञ्चालित व्यक्तिगत घटना दर्ता र यसको महत्व विषयक वक्तृत्वकला प्रतियोगिताबाट महाचुनी मा.वि.का छात्र प्रदिप वाईवा द्वितीय, वत्सलादेवी मा.वि.का छात्र विनोद थापा मगर तृतीय र महाचुनी मा.वि.कै छात्रा सबिना थिङ सान्त्वना हुन सफल भएका छन् ।

पालिका प्रेस
थप जानकारी